On Friday, the next day of Vijaya Dashami, Khadga Jatra is celebrated in Tol, Dabli, where Khadgadharis wearing white daura, jama and feta guther garlands dance in the style of war.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Khadga Jatra, a historic Dolakha market known as a heritage settlement, is celebrated with pomp.
विजया दशमीको भोलिपल्ट शुक्रबार सेतो दौरा, जामा र फेटा गुथेर जमराको माला लगाएका खड्गधारीहरू टोल डबलीमा युद्धको शैली झल्कने गरी नाच्दै खड्ग जात्रा मनाइएको हो ।
मन्दिर र मूर्तिहरूको प्राचीन सहर घुम्ने परम्परागत मल्लकालीन खड्ग जात्रा युद्ध वियउत्सवका रूपमा मनाइने प्रचलन रहेको भीमेश्वर नगरपालिका– २ अध्यक्ष तथा गुठियार स्टालिन श्रेष्ठले बताए । ‘खड्ग जात्रा दोलखाकै पुरानो मध्येका एक हो,’ उनले भने, ‘यसका सांस्कृतिक पाटाहरू धेरै छन्, दानवहरूसँगको युद्ध जितेको विजयोत्सवका साथ विधिपूर्वक मनायौं ।’
खड्गजात्रामा अभिनय गर्ने पुराना पुस्ताका ८६ वर्षीय श्याम प्रधान र ८४ वर्षीय प्रभु नारायण श्रेष्ठ खड्ग जात्रामा युवा पुस्तालाई अभिनय र नाच सिकाउँदै जात्राको नेतृत्व गरिरहेको उनले बताए । ‘दोलखामा पुराना पुस्ताले संरक्षण गरिरहेको सांस्कृतिक जात्रा पर्व लोप हुन नदिन नयाँ पुस्तालाई हस्तान्तरण भइरहेको छ’, उनले भने, ’यो वर्ष २५ वर्षका विक्रम श्रेष्ठ र ८६ वर्षका श्याम प्रधानसँगै अभिनय गर्दे नाचेर जात्राको रौनक बढाएका छन् ।‘
प्राचीन सहर दोलखाका मन्दिर, टोल र डबलीहरूमा टोलटोलबाट निस्केर खड्गधारीहरूले दानवहरुसँग युद्ध गरेको अभिनय गर्दै देखाइने खड्गजात्रा विजयादशमीको भोलीपल्ट दिनभर प्रदर्शन गरिने चलन छ । आ–आफ्नै भूमिका अनुसार नाच्दै अघि बढेको रोचक दृश्य र प्राचीन युद्धको कला कौशल हेर्न बाक्लै चहलपहल थियो ।
दशमीको भोलिपल्ट खड्ग जात्राको अवलोकन गरेर दर्शन गरेमा फलिफाप हुने जनविश्वास रहेको स्थानीय बताउँछन् । जात्रामा अभिनयकर्ता मध्ये मूल खड्गधारी र उनका अङ्गरक्षक अघिअघि हुन्छन् । त्रिपुरा सुन्दरी भगवतीले नाबालक छोरा बटुक भैरवलाई घण्ट, डमरु, खड्ग थमाई राँगोको आन्द्राको माला लगाएर युद्धमा सामेल गराएको रोचक नाच पनि जात्रामा देखाइन्छ । नवमीका दिन भीमेश्वर र त्रिपुरा सुन्दरीमा बली दिएर लगिएको राँगाको टाउकोलाई राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरेपछि युद्ध जितेको परम्परा छ । त्यसपछि सगुनबाजा बजाउँदै बजार परिक्रमा गरी दिनभर नाचेर विजयोत्सव मनाउने प्रचलन छ । जात्रा सकिएपछि बेलुकीपख त्रिपुरा सुन्दरी र राजकुलेश्वरका पुजारीले राजकुलेश्वर मन्दिर अगाडी बसेर खुसीयालीमा टीका लगाइदिनुका साथै सामूहिक भोज खाने चलनले अहिलेसम्म निरन्तरता पाएको छ ।
![Khadga Jatra Celebrated in Dolakha [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/8-03102025012305-1000x0.jpg&w=1001&h=0)
![Khadga Jatra Celebrated in Dolakha [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/3-03102025012328-1000x0.jpg&w=1001&h=0)
![Khadga Jatra Celebrated in Dolakha [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/6-03102025012325-1000x0.jpg&w=1001&h=0)
![Khadga Jatra Celebrated in Dolakha [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/2-03102025012321-1000x0.jpg&w=1001&h=0)
![Khadga Jatra Celebrated in Dolakha [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1-03102025012318-1000x0.jpg&w=1001&h=0)
![Khadga Jatra Celebrated in Dolakha [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/9-03102025012308-1000x0.jpg&w=1001&h=0)