दसैँ सुरु भएसँगै थारु बस्तीमा सखियाको रौनक चलेको छ । हरेक बस्तीमा सखिया नाच चलेको छ । हरेक बस्तीमा घर घरै पुगेर सखिया नाच गरिन्छ ।
कञ्चनपुर — दसैंका दिन थारु बस्तीमा सखिया नृत्यको रौनक छ । परम्परागत पहिरनमा सजिएका महिलाहरू गीत गाउँदै नाचिरहेका छन् भने पुरुषहरू मादल बजाइरहेका छन् । दसैँ सुरु भएसँगै थारु बस्तीमा सखियाको रौनक चलेको छ । हरेक बस्तीमा सखिया नाच चलेको छ । हरेक बस्तीमा घर घरै पुगेर सखिया नाच गरिन्छ । सखिया नाच्न आउनेलाई ढिकरी जाड र मासु खुवाइन्छ । विगतमा सखिया भदाैमा हरेली पूजासँगै सुरु हुन्थ्यो भने अहिले घटस्थापनादेखि सुरु हुन्छ । दसैंका दिन सबै घरमा पुग्न नसके अर्को दिन पनि सखिया नाचिन्छ ।
![Raunak of Sakhia in Tharu Basti [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/whatsapp-image-2025-10-02-at-63801-pm-02102025044910-1000x0.jpg&w=1001&h=0)