कपिलवस्तुबाट देखिए सेताम्मे हिमाल [तस्बिरहरू]

दुई दिनदेखि बादलको पर्दा हट्दा बुद्धस्थल तौलिहवा र आसपासका क्षेत्रबाट सेताम्मे हिमाल देखिएका छन् ।

आश्विन १४, २०८२

मनोज पौडेल

Setamme Mountain seen from Kapilvastu [Photos]

कपिलवस्तु — प्राचीन नगर तौलिहवाबाट हिमालको मुस्कान देखिँदा दसैंको माहोलमा रौनक थपिएको छ । दुई-तीन दिनयता मौसम सफा भएसँगै उत्तरी हिमाल देखिएका हुन् ।

Setamme Mountain seen from Kapilvastu [Photos]

यहाँका घरबाटै मनमोहक हिमाल देखिएपछि स्थानीय निक्कै उत्साहित र उमंगित भएका छन् । विशेषगरी बिहान सबेरै देखिने सफा हिमालले स्थनीय आह्लादित छन् ।

Setamme Mountain seen from Kapilvastu [Photos]

यहाँबाट विश्वकै सातौं अग्लो ८ हजार १६७ मिटरको धौलागिरी, विश्वको दसौं अग्लो तथा नेपालको नवौं ८ हजार ९१ मिटरको अन्नपूर्ण पहिलो र ७ हजार २१९ मिटरको अन्नपूर्ण साउथ हिमाल देखिएका हुन् । ७ हजार १३४ मिटर अग्लो तिलिचो हिमाल पनि उत्तिकै चित्ताकर्षक देखिएको छ ।

Setamme Mountain seen from Kapilvastu [Photos]

दुई दिनदेखि बादलको पर्दा हटेर हिमालले बुद्धस्थल तौलिहवा र आसपासलाई हेरिरहेको देख्दा निक्कै रोमाञ्चित बनेको स्थानीय जनार्दन पराजुलीले बताए । ‘दशकयता बिहानको लालीमय र दिउँसो सेताम्य हिमाल देखेको थिइनँ,’ उनले भने, ‘हिमालको सुन्दरता र रोमाञ्चकताको जति बखान गरे पनि कम हुन्छ ।’ पोखरा आसपासबाट देखिने हिमालको आनन्द कपिलवस्तुबाट पाउँदा अद्वितीय रोमाञ्चकता थपिएको स्थानीय बताउँछन् ।

Setamme Mountain seen from Kapilvastu [Photos]

मनोज पौडेल

Link copied successfully