दसैंघरमा फूलपाती भित्र्याइयो [तस्बिरहरु]

आज नवरात्रीको सातौं दिन अर्थात् फूलपाती । घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।

आश्विन १३, २०८२

सुर्याम्स उप्रेती

Flowers brought in at Dasainghar [Photos]

काठमाडौँ — राज्यका तर्फबाट नवदुर्गाको पूजाआराधना गरिने हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ ।

Flowers brought in at Dasainghar [Photos]

गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए ।

Flowers brought in at Dasainghar [Photos]

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरू, नेपालीे सेना गुर्जुको पल्टन, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहित लावालस्करका साथमा फूलपाती ल्याइएको हो । फूलपाती भित्र्याउने कार्यक्रममा शार्दूलजङ्ग गुल्म, गुरुजुको पल्टन, सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उनले बताए ।

Flowers brought in at Dasainghar [Photos]

हनुमानढोका दरबारको नासलचोकमा पूजा, मूलचोकमा बलिसहित पूजा गरेपछि दसैँघरमा फूलपाती भित्र्याइएको हो । फूलपाती भित्र्याउने क्रममा राजतन्त्रकालमा राज्यप्रमुख र गणतन्त्र स्थापनापछि सरकारका प्रतिनिधिको उपस्थिति रहने गरेको हनुमानढोका दरबार सङ्ंग्रहालय विकास समितिले जनाएको छ । यस वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, सहसचिव मुकेश डङ्गोल र पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मी सहभागी भएका हुन् ।

सुर्याम्स

Link copied successfully