Today is the seventh day of Navratri i.e. Phoolpati. According to the classical method, Phulpati, symbol of auspicious day, is brought into the house.
On behalf of the state, flower pots brought from Gorkha district have been brought into the Dasainghar of Hanumandhoka Palace, where Navadurga is worshipped.
गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरू, नेपालीे सेना गुर्जुको पल्टन, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहित लावालस्करका साथमा फूलपाती ल्याइएको हो । फूलपाती भित्र्याउने कार्यक्रममा शार्दूलजङ्ग गुल्म, गुरुजुको पल्टन, सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उनले बताए ।
हनुमानढोका दरबारको नासलचोकमा पूजा, मूलचोकमा बलिसहित पूजा गरेपछि दसैँघरमा फूलपाती भित्र्याइएको हो । फूलपाती भित्र्याउने क्रममा राजतन्त्रकालमा राज्यप्रमुख र गणतन्त्र स्थापनापछि सरकारका प्रतिनिधिको उपस्थिति रहने गरेको हनुमानढोका दरबार सङ्ंग्रहालय विकास समितिले जनाएको छ । यस वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, सहसचिव मुकेश डङ्गोल र पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मी सहभागी भएका हुन् ।
![Flowers brought in at Dasainghar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img7306-2992025035742-1000x0.jpg&w=1001&h=0)
![Flowers brought in at Dasainghar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img7289-2992025035930-1000x0.jpg&w=1001&h=0)
![Flowers brought in at Dasainghar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img7290-2992025035923-1000x0.jpg&w=1001&h=0)
![Flowers brought in at Dasainghar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img7291-2992025035915-1000x0.jpg&w=1001&h=0)