नारायणगढतर्फ एउटा लोडर र एउटा एक्स्काभेटरले पहिरो पन्छ्याइरहेको छ । त्यसैगरी मुग्लिनतर्फ दुइवटा लोडरले काम गरिरहेका छन् । दमौलीबाट थप एक्स्काभेटर आउँदै गरेको आचार्यको भनाइ छ । सो एक्स्काभेटरले मुग्लिनतर्फबाट काम गर्ने छ ।
काठमाडौँ — नारायणगढ-मुग्लिन सडकको तुइनखोलामा मंगलबार गएको ठूलो पहिरो हटाउन बुधबारदेखि चारवटा मेसन प्रयोग भइरहेका छन् । थप एउटा मेसिन दमौलीबाट मगाएको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले बताए ।
नारायणगढतर्फ एउटा लोडर र एउटा एक्स्काभेटरले पहिरो पन्छ्याइरहेको छ । त्यसैगरी मुग्लिनतर्फ दुइवटा लोडरले काम गरिरहेका छन् । दमौलीबाट थप एक्स्काभेटर आउँदै गरेको आचार्यको भनाइ छ । सो एक्स्काभेटरले मुग्लिनतर्फबाट काम गर्ने छ ।
सडकमा करिब १४ हजार घन मिटर माटो, साना ठूला ढुंगा, गिट्टी र गेग्रान थुप्रिएको छ । 'यो माटो ढुंगाले दुईवटा फूटवल मैदान भरी पौने दुई मिटर अग्लो ढिस्को बनाउन सकिन्छ,' इन्जिनियर आचार्यले प्रस्ट्याए । मंगलबार दिउँसो पाँच बजेतिर पहिरो खसेको थियो । सडक भोलि मात्रै खुल्ने डिभिजन सडक कार्यालयले जनाएको छ । सडकमा आँपटारी, रामनगर, जुगेडी र पहिरो नजिक मालवाहक ट्रक र फाट्टफुट्ट बसहरू पनि छन् । यात्रुहरू विभिन्न विकल्प अपनाएर गन्तव्यतर्फ लागिसकेका छन् ।
![4 machines clearing landslides in Tuinkhola, kitchen on the way [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tuin-khola-8-2492025092229-1000x0.jpg&w=1001&h=0)
![4 machines clearing landslides in Tuinkhola, kitchen on the way [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tuin-khola-9-2492025092235-1000x0.jpg&w=1001&h=0)
![4 machines clearing landslides in Tuinkhola, kitchen on the way [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tuin-khola-6-2492025092216-1000x0.jpg&w=1001&h=0)