आगजनी गरिएका सवारीसाधन सिंहदरबारबाट हटाइँदै

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जलेका सवारीसाधनका कारण कुरूप देखिएको भन्दै त्यसलाई हटाएर अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

आश्विन ३, २०८२

अंगद ढकाल

Fired vehicles being removed from Singha Durbar

काठमाडौँ — जेन-जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन हटाएर व्यवस्थापनको कार्य सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलेका सवारीसाधनलाई संसद् भवनको खाली ठाउँमा लगेर व्यवस्थापन गर्न थालिएको छ ।

Fired vehicles being removed from Singha Durbar

मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समन्वयमा जेन-जी प्रदर्शनका क्रममा सिंहदरबारभित्र आगजनीबाट क्षति पुगेका सवारीसाधन हटाउन थालेको जानकारी दिए ।

Fired vehicles being removed from Singha Durbar

'जलेका सवारीसाधनलाई संसद् भवनमा लगेर व्यवस्थापन गर्ने र सिंहदरबारमा रङरोगन गर्न थालेका छौँ,' उनले भने, 'तोडफोड भएका सवारीसाधन मर्मत भइरहेका छन् ।'

Fired vehicles being removed from Singha Durbar

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जलेका सवारीसाधनका कारण कुरूप देखिएको भन्दै त्यसलाई हटाएर अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

Fired vehicles being removed from Singha Durbar
Fired vehicles being removed from Singha Durbar
Fired vehicles being removed from Singha Durbar
Fired vehicles being removed from Singha Durbar
Fired vehicles being removed from Singha Durbar
Fired vehicles being removed from Singha Durbar
Fired vehicles being removed from Singha Durbar
Fired vehicles being removed from Singha Durbar
Fired vehicles being removed from Singha Durbar
Fired vehicles being removed from Singha Durbar

अंगद ढकाल ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully