'जेन-जी सहिद'को शवयात्रा तयारी [तस्बिरहरू]

अस्पतालबाट प्रक्रिया पुर्‍याई सबै शव निकालेपछि आजै शव यात्रापछि अन्त्येष्टि गरिनेछ ।

भाद्र ३१, २०८२

अंगद ढकाल

Preparations for funeral procession of 'Zen-ji Martyr' [Photos]

काठमाडौँ — जेन-जी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको शव त्रिवि शिक्षण अस्पतालबाट निकाल्ने क्रम जारी छ । अहिलेसम्म ३ वटा शव निकालिएको छ । मृतक परिवारका अनुसार १० वटा शव पाेस्टमार्टम भइसकेको छ ।

Preparations for funeral procession of 'Zen-ji Martyr' [Photos]

अस्पतालबाट प्रक्रिया पुर्‍याई सबै शव निकालेपछि आजै शव यात्रा गरी अन्त्येष्टि गरिनेछ । सरकारले हिजै मृतकका परिवारलाई काजकिरियाका लागि एक लाख उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

Preparations for funeral procession of 'Zen-ji Martyr' [Photos]

जेन–जीको आन्दोलनका क्रममा निधन भएकाहरुलाई सरकारले सहिद घोषणा गर्दै उनीहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ । यस्तै, उनीहरुको सम्झनामा असोज १ गते शोक दिवस मनाइने भएको छ । सोमबार साँझ मन्त्रिपरिषद्को निर्णय सुनाउँदै गृहमन्त्री ओमप्रकाश अर्यालले यसबारे जानकारी गराएका थिए ।

Preparations for funeral procession of 'Zen-ji Martyr' [Photos]
Preparations for funeral procession of 'Zen-ji Martyr' [Photos]
Preparations for funeral procession of 'Zen-ji Martyr' [Photos]
Preparations for funeral procession of 'Zen-ji Martyr' [Photos]

अंगद ढकाल ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully