Suryavinayak-Dhulikhel Road Extension: Facilitating Festivals [Photos]

The distance between Sanga-Dhulikhel section is 8.3 km. In Dhulikhel, one kilometer of second-level blacktop has been completed.

Bhadra 22, 2082

Bimal Khatiwoda, suryams upreti

Suryavinayak-Dhulikhel Road Extension: Facilitating Festivals [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Suryabinayak-Dhulikhel road expansion has been going on for 32 months and the construction progress has barely reached 51 percent. Due to the slow pace of construction, commuters who travel through this section daily have been suffering.

Suryavinayak-Dhulikhel Road Extension: Facilitating Festivals [Photos]

विस्तारको काम थालेयता सबैभन्दा बढी ट्राफिक जाम यही खण्डमा हुने गरेको छ । त्यसो त पूर्वी तराई तथा पहाडी जिल्ला जोड्ने बीपी राजमार्ग पुग्न पहिला सूर्यविनायक–धुलिखेल सडक नै छिचल्नैपर्छ । तर यही सडक छिचोल्न चालक र यात्रुलाई सधैं हम्मेहम्मे पर्छ । उक्त सडकको भक्तपुर खण्डमा अझ बढी समस्या छ । यस खण्ड भएर दैनिक साना ठूला गरेर करिब २० हजार सवारीसाधन ओहरोदोहोर गर्ने सडक विभागले जनाएको छ । बर्खाले अहिले काम हुन नसकेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताए ।

Suryavinayak-Dhulikhel Road Extension: Facilitating Festivals [Photos]

सवारी चाप बढेसँगै भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेल सडक चार लेनमा विस्तार थालिएको हो । काभ्रे र भक्तपुर जिल्ला जोड्ने सडकको कुल दुरी १५.८ किलोमिटर छ, जसलाई दुई खण्डमा विभाजन गरेर विस्तारको काम भइरहेको छ । पहिलो खण्ड हो, सूर्यविनायक–साँगा । यो खण्डको दुरी ७.५ किमि छ । उक्त खण्डको ठेक्का आशिष–कुमार श्रेष्ठ–बन्धन भगवतीले जेभीमा २०७९ पुस २४ मा लिएका हुन् । ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ छ । यस खण्डको प्रगति अहिलेसम्म ३९ प्रतिशत मात्र छ । सुरु म्याद आगामी पुस २७ मा सकिँदै छ । उक्त समयभित्र पनि काम नसकिने देखिएपछि निर्माण व्यवसायीले एक वर्षको म्याद मागेका छन् । यसबारे अहिलेसम्म कुनै निर्णय भइनसकेको र प्रक्रियामै रहेको इन्जिनियर खनालले बताए ।

Suryavinayak-Dhulikhel Road Extension: Facilitating Festivals [Photos]

अर्को खण्ड हो, साँगा–धुलिखेल । यस खण्डको दुरी ८.३ किमि छ । धुलिखेलमा एक किमि दोस्रो तहको सडक कालोपत्र भइसकेको छ । ‘यही खण्डमा दसैं अघि थप एक किमि सडक कालोपत्रको गर्ने तयारी छ,’ उनले भने, ‘तर अहिले बर्खाले गर्दा कालोपत्रको काम गर्न नसकिएको हो ।’ यसको ठेक्का लामा कन्स्ट्रक्सनले २०७९ मंसिर २७ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा लिएको हो । जुन खण्डको निर्माण प्रगति ५१ प्रतिशत छ भने म्याद आगामी मंसिर २७ सम्म रहेको छ । निर्माण व्यसायीले यस खण्डको म्याद पनि एक वर्ष थप गर्न माग गरेको छ । यही सडक खण्डमा पर्ने जगाती र महादेव खोलामा पक्की पुल निर्माणको काम सुरु भइसकेको छ । महादेव खोलामा पिलर राख्ने काम सुरु भइसकेको इन्जिनियर खनालको भनाइ छ ।

Suryavinayak-Dhulikhel Road Extension: Facilitating Festivals [Photos]

महादेव र पुण्यमती खोला पुल साँगा–धुलीखेल र जगाती पुल निर्माण सूर्यविनायक–धुलिखेल सडक खण्डअन्तर्गत पर्छ । पुण्यमती खोलामा पुल निर्माणका लागि अझै डिजाइन स्वीकृत भइसकेको छैन । डिजाइन गरेको पुलको उचाइ धेरै हुने भएपछि यसमा पुनर्विचार गरेर डिजाइन स्वीकृत गर्ने प्रक्रियामा रहेको उनले सुनाए । निर्माण थालिएको पुलको समयावधि अवधि एक वर्षको रहनेछ । ‘बर्खाले गर्दा असार–साउनमा काम नै भएन,’ उनले भने, ‘भदौबाट काम सुरु भएको छ, मनसुन कम भएपछि कामको गति बढ्छ । पानी पर्न कम भएसँगै खाल्डाखुल्डी पुरेर समस्या भएको खण्डको समस्या समाधान गरेर सवारी आवागमन सहज बनाउँछौं । चाडबाडका बेला सवारी चाप बढी हुने भएकाले त्यसलाई मध्यनजर गर्दै समस्या नहुनेगरी काम गर्छौं ।’

Suryavinayak-Dhulikhel Road Extension: Facilitating Festivals [Photos]

उक्त सडक निर्माण भएको २५ वर्षपछि चार लेनमा विस्तार थालिएको हो । समयमै काम सक्ने कुरा बजेट विनियोजनमा भरपर्ने सडक विभागले जनायो । चालु आर्थिक वर्षका लागि भन्दै सडक विभागले सरकारसँग तीन अर्ब रुपैयाँ माग गरेको थियो । तर धेरै थोरै ८० करोड मात्र सडक विस्तारका लागि छुट्याइएकाले त्यसको प्रभाव समग्र आयोजनामा पर्ने विभागले जनाएको छ ।

Suryavinayak-Dhulikhel Road Extension: Facilitating Festivals [Photos]
Suryavinayak-Dhulikhel Road Extension: Facilitating Festivals [Photos]
Suryavinayak-Dhulikhel Road Extension: Facilitating Festivals [Photos]
Suryavinayak-Dhulikhel Road Extension: Facilitating Festivals [Photos]
Suryavinayak-Dhulikhel Road Extension: Facilitating Festivals [Photos]
Suryavinayak-Dhulikhel Road Extension: Facilitating Festivals [Photos]

Bimal

suryams

Link copied successfully