अधिकारका लागि दबाब दिन महिलाहरुको काठमाडौंको माइतीघर मण्डलमा आइतबार धर्ना दिएका छन् ।
काठमाडौँ — विभिन्न महिला अधिकार संस्थामा कार्यरत महिला अधिकारकर्मी माइतीघरमा जम्मा भएर महिला अधिकार सम्बन्धी नारा लगाएका थिए । 'महिला अधिकारका लागि दबाब अभियान'ले प्रत्येक आइतबार यसरी नै नारा लगाउँदै आएको छ । आजको धर्नामा उनीहरुले 'मेरो शरीर मेरो अधिकार', 'महिला रोकिए संसार रोकिन्छ', 'हिंसा हामी सहँदैँनौँ, चुप लागेर बस्दैनौँ' लगायतका नारा लगाएका थिए ।
![Women's sit-in at Maitighar for rights [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/mahila-dharna-maitighar-mandal-13-3182025124158-1000x0.jpg&w=1001&h=0)