भृकुटीमण्डपमा भेला भएका व्यवसायीहरू जुलुससहित कमलादीस्थित काठमाडौँ महानगरपालिका कार्यालय घेराउमा गएका हुन्।
काठमाडौँ — कवाड व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेका छन्। कवाड व्यवसायी सङ्घर्ष समिति नेपालको आह्वानमा कवाड व्यवसायीहरूले बिहीवार पनि विरोध जनाएका हुन्। भृकुटीमण्डपमा भेला भएका व्यवसायीहरू जुलुससहित कमलादीस्थित काठमाडौँ महानगरपालिका कार्यालय घेराउमा गएका हुन्।
उनीहरूले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले कवाड व्यवसायीमाथि गुण्डागर्दी गरेको आरोप लगाउँदै मेयर साहविरुद्धको प्रदर्शन लेखिएको ब्यानर बोकेर भृकुटीमण्डपदेखि कमलादीसम्म र्याली गरेका हुन्। महानगरले दुई वर्षदेखि कवाड व्यवसायी र सङ्कलक मजदुरमाथि अन्यायपूर्ण व्यवहार गर्दै आएको उनीहरूको आरोप छ।

