कांग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज सानेपास्थित कांग्रेस कार्यालयमा महासंघले धर्ना दिएको हो ।

भाद्र ११, २०८२

हेमन्त श्रेष्ठ

Teachers' union sit-in at Congress office

काठमाडौँ — नेपाल शिक्षक महासंघले बुधबार नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज सानेपास्थित कांग्रेस कार्यालयमा महासंघले धर्ना दिएको हो । धर्ना कार्यक्रम २ बजेसम्म जारी रहनेछ । उनीहरुले ध्यानाकर्षण पत्र पनि बुझाएका छन् ।

Teachers' union sit-in at Congress office

महासंघको अनुसार बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासल र शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना दिने कार्यक्रम छ ।

Teachers' union sit-in at Congress office

शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने लगायत विधेयकका विभिन्न व्यवस्थामा असहमति राख्दै आन्दोलनको घोषणा गरिएको हो। अस्थायी शिक्षकलाई ७५ प्रतिशत आन्तरिकबाट स्थायी बनाउनुपर्ने, स्थायी शिक्षकको आवधिक बढुवा गरिनुपर्ने लगायत माग अघि सारिएको छ।

Teachers' union sit-in at Congress office

माग पूरा नभए भदौ २१ गतेदेखि विद्यालय नै बन्द गरेर आन्दोलन गर्ने चेतावनी शिक्षक महासंघले पनि दिएको छ। पहिलो चरणमा पालिका, जिल्ला, प्रदेश र केन्द्रमा ज्ञापन पत्र बुझाउने, घेराउ गर्ने लगायतका कार्यक्रम घोषणा गरेको छ।

Teachers' union sit-in at Congress office
Teachers' union sit-in at Congress office
Teachers' union sit-in at Congress office
Teachers' union sit-in at Congress office

हेमन्त श्रेष्ठ

Link copied successfully