काठमाडौं महानगरले ज्यादती गरेको भन्दै कबाड व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । २ वर्षदेखि महानगरले ज्यादती, कुटपिट, सामान जफत र संरचना भत्काइदिएको भन्दै कबाड व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
काठमाडौँ — काठमाडौं महानगरले ज्यादती गरेको भन्दै कबाड व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । २ वर्षदेखि महानगरले ज्यादती, कुटपिट, सामान जफत र संरचना भत्काइदिएको भन्दै कबाड व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । कबाड व्यवसायी संघर्ष समिति नेपालको नेतृत्वमा आन्दोलन भएको हो । व्यवसायी र मजदुरहरूले नाराबाजीसहित र्याली निकालेका छन् । त्यस्तै महानगर कार्यालयअगाडिसमेत उनीहरूले प्रदर्शन गरेका छन् ।
