टोखामा पर्खाल भत्किँदा सडक अवरुद्ध [तस्बिरहरु]

पहिरोले टोखामा सडक अवरुद्ध गरेको छ भने विद्युत् सेवा ठप्प भएको छ । स्थानीयले पर्खालको कमजोर संरचना पहिरोको मुख्य कारण मानेका छन् ।

भाद्र ७, २०८२

सुर्याम्स उप्रेती

Road blocked due to wall collapse in Tokha [Photos]

काठमाडौँ — शुक्रबारको अविरल वर्षाका कारण काठमाडौंको टोखामा पर्खाल भत्किएको छ । अविरल वर्षाका कारण टोखा नगरपालिका–४, धापासी लाम्पाखामा पर्खाल ढलेको हो । पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भयो । पहिरोले एउटा ट्रान्सफर्मरसहित ६ वटा पोल ढाल्दा सो क्षेत्रमा शुक्रबारबाटै विद्युत् आपूर्ति बन्द भएको थियो । पहिरोसँगै रुख ढाल्दा सेल्सबेरीमा सामान्य क्षति पुगेको छ ।

Road blocked due to wall collapse in Tokha [Photos]

स्थानीयवासी प्रताप खत्रीले पर्खाल अग्लो भएकाले माटो बग्न थालेको बताए । वडाले पार्क बनाएपछि लगाएको पर्खाल भत्किएको उनले बताए । स्थानीय सुरेन्द्र श्रेष्ठले राम्रोसँग जग नखनी पर्खाल माथिबाटै लगाइएकोले पहिरो गएको हुनसक्ने बताए । पर्खालको जग राम्रोसँग नखनेको उनको आरोप छ । स्थानीयहरूले पर्खाल केही दिनअघि चर्किएको तर प्लास्टिक लगाएर छेकेको बताएका छन् ।

Road blocked due to wall collapse in Tokha [Photos]
Road blocked due to wall collapse in Tokha [Photos]
Road blocked due to wall collapse in Tokha [Photos]
Road blocked due to wall collapse in Tokha [Photos]

सुर्याम्स उप्रेती

Link copied successfully