कुशे औंसीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाइ आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर यो पर्व मनाउने गर्दछन्।
काठमाडौँ — आज कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिन । कुशे औंसीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाइ आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् । कुशे औंसीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा भीड लागेको छ ।
कुशे औंसीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर क्षेत्रस्थित बाग्मती नदी किनारमा आफ्नो पिता गुमाएकाहरुले श्राद्ध, पितृको नाममा तर्पण एवं पिण्डदान दिइ पितालाई सम्झनेहरुको भीड देखिएको छ । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष घुइँचो लाग्छ । आजको औंसीलाई गोकर्णे औंसीका नामले पनि चिनिन्छ ।
![Kushe Ounsi Mela at Gokarneshwar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img5115-2382025072152-1000x0.jpg&w=1001&h=0)
![Kushe Ounsi Mela at Gokarneshwar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img5128-2382025072225-1000x0.jpg&w=1001&h=0)