206 Years of Jatra Tradition in Palpa [Photos]

Since the Bhadra Krishna Navami day of 1877, the tradition of carrying out Bhagwati's pilgrimage to Tansen has continued.

भाद्र २, २०८२

माधव अर्याल

206 Years of Jatra Tradition in Palpa [Photos]

Palpa is continuing the Bhagwati Jatra, which has a tradition of more than two centuries. There is a tradition of taking out this Rath Yatra to remember the then Colonel Ujirsinh Thapa who saved the Jitgarhi Butwal area from the British. If Thapa won a war, he built a temple and established a tradition of going on a pilgrimage.

यही परम्पराको निरन्तरतास्वरुप यसपालि पनि आइतबार धुमधामका साथ भगवती जात्रा मनाइएको छ । पाल्पामा मनाइने विभिन्न चाडपर्वमा निकालिने जात्रामध्ये यो नै सबैभन्दा ठूलो जात्रा मानिन्छ । 'श्री ७ रणउजिरेश्वरी भगवतीको २०६ औं रथयात्रा'ले आइतबार बजार परिक्रमा गरेको हो ।
यही परम्पराको निरन्तरतास्वरुप यसपालि पनि आइतबार धुमधामका साथ भगवती जात्रा मनाइएको छ । पाल्पामा मनाइने विभिन्न चाडपर्वमा निकालिने जात्रामध्ये यो नै सबैभन्दा ठूलो जात्रा मानिन्छ । 'श्री ७ रणउजिरेश्वरी भगवतीको २०६ औं रथयात्रा'ले आइतबार बजार परिक्रमा गरेको हो ।
206 Years of Jatra Tradition in Palpa [Photos]

नुवाकोट (पाल्पा)–जितगढी युद्धमा नेपाली फौजले अंग्रेजलाई हराएको सम्झनामा यो जात्रा मनाउने गरिन्छ । तानसेनमा जनैपूर्णिमादेखि सुरू भएर नौ दिनसम्म विभिन्न जात्रा निकाल्ने गरिन्छ । सबैभन्दा धेरै श्रद्धालु र आस्थाको केन्द्रका रूपमा भगवती जात्रालाई लिइन्छ । विसं. १८७७ को भाद्र कृष्ण नवमीका दिनदेखि तानसेनमा भगवतीको खटयात्रा निरन्तर छ । जात्रामा पाल्पालगायत छिमेकी जिल्लाका हजारौं श्रद्धालुको सहभागिता रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए ।

206 Years of Jatra Tradition in Palpa [Photos]

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, सर्वसाधारणको उपस्थिति रहेको थियो । रथयात्रामा अर्थमन्त्री विष्णु पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेय, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगर, प्रधानसेनापति अशोकराज सिग्देल लगायत विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो । राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, प्रतिनिधिसभा सदस्य ठाकुर गैरे, नारायण आचार्य, प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपाने, स्वास्थ्यमन्त्री खेम सारू, लुम्बिनी प्रदेशसभा सदस्य राजु श्रेष्ठ लगायतको उपस्थितिले थप उल्लास थपेको थियो । भगवती जात्रामा कर्णेल उजीरसिंहका सन्तानहरूसमेत पूजाका लागि आएका थिए ।

206 Years of Jatra Tradition in Palpa [Photos]

खटयात्रामा जिल्लाका सरकारी कार्यालय, संघसंस्था, टोल विकास समूह बजार परिक्रमा गरेका थिए । भजनकिर्तन, पञ्चेबाचासहितको साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । भगवती मन्दिरबाट निसान, मूलढोका शीतलपाटी हुँदै पाल्पा दरबार संग्रहालयमा खट लगिएपछि प्रशासन, प्रहरी, सशस्त्र, समन्वय समितिले पूजा गरे । पाल्पा दरबार परिसरमा पूजा गरेपछि मात्र सर्वसाधारणले रथयात्राका क्रममै पूजा गर्न पाउने व्यवस्था छ । मन्दिरमै कर्णेली पूजाका साथै नेपाली सेनाको निसान मन्दिर र दि फेमस महिन्द्र दल गणभित्र पुगेर पूजा दिने प्रचलन रहेको छ । बजार क्षेत्रमा सर्वसाधारणले पनि बली तथा पूजा दिएका थिए । तानसेनका बसन्तपुर, असनटोल, नारायणटोल, भीमसेनटोल, बसपार्क, टुँडिखेल, बडिज्ञानटोल, सिल्खानटोल, टक्सार लगायतका स्थानमा खट घुमाउने प्रचलन छ ।

206 Years of Jatra Tradition in Palpa [Photos]

१८७२ वैशाख ७ गते दोस्रो पटकको युद्धमा थापा विजयी भएको इतिहास छ । तात्कालिन प्रशासनिक केन्द्र रहेको तानसेनमा १८७२ देखि १८७६ सम्म मन्दिर निर्माण गरेका थिए । थापाले १८७७ भाद्र कृष्ण नवमीका दिनदेखि भगवतीको रथयात्रा सुरू गरको इतिहास छ । काठमाडौंको जात्राबाट प्रभावित थापाले पाल्पामा पनि भगवतीको खटयात्रा अर्थात् भगवती जात्रा निकाल्ने परम्परा सुरूवात गराएका हुन् । बुटवल नजिकै (जितगढी) मा भएको युद्धमा उजीरसिंहको सेनाले अंग्रेजलाई पराजित गर्न सफल भएका थिए । जसका कारण अंग्रेज फौज फर्केर भारत गोरखपुरतर्फ गयो । फलस्वरूप नेपाल स्वाधीन रहन सकेको हो ।

206 Years of Jatra Tradition in Palpa [Photos]

रथयात्राको महत्वका विषयमा संघीय, प्रदेश र स्थानीय सरकारले बुझेर आगामी दिनमा सरकारी पात्रोमै पाल्पाको भगवती जात्रालाई समावेश गर्नुपर्ने माग राखिएको भगवती मन्दिर व्यवस्थापन समितिका सल्लाहकार सुवर्णमुनि शाक्यले बताए । ‘हामीले भगवती जात्रालाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग राख्दै आएका छौं,’ उनले भने, ‘सम्माननीय राष्ट्रपति, अर्थमन्त्री, पर्यटनमन्त्री लगायत सबैसंग यो माग राखेका छौं र राखिरहन्छौं ।’

206 Years of Jatra Tradition in Palpa [Photos]
206 Years of Jatra Tradition in Palpa [Photos]
206 Years of Jatra Tradition in Palpa [Photos]
206 Years of Jatra Tradition in Palpa [Photos]
206 Years of Jatra Tradition in Palpa [Photos]
206 Years of Jatra Tradition in Palpa [Photos]
206 Years of Jatra Tradition in Palpa [Photos]

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully