भीमसेन जात्रामा धूप बत्ती बाल्ने, पूजा, प्रार्थना गरी व्यवसाय फस्टाउन, आर्थिक समृद्धिलगायत आशीर्वाद माग्ने गरिन्छ ।
ललितपुर — पाटन दरबार स्क्वायरमा मंगलबार भीमसेन जात्रा मनाइएको छ । यो जात्रा विशेषत: नेवार समुदायले मनाउने गर्दछन् । जात्रामा धूप बत्ती बाल्ने, पूजा, प्रार्थना गरी व्यवसाय फस्टाउन, आर्थिक समृद्धिलगायत आशीर्वाद माग्ने गरिन्छ । सहभागीहरु परम्परागत मौलिक बाजा बजाउने, नाच्ने गर्छन् । यो जात्रा भदौ महिनामा १० दिन मनाउने चलन छ ।
![Highlights of Bhimsen Jatra in Patan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bhimsen-1-1782025055324-1000x0.jpg&w=1001&h=0)