श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज देशभरका कृष्ण मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
काठमाडौँ — आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्री कृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । आज देशभरका कृष्ण मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लागेको छ । हामीले पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरको दृश्य देखाएका छौं :
![Crowd of pilgrims at Krishna Temple [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dsc9900-1682025052211-1000x0.jpg&w=1001&h=0)
![Crowd of pilgrims at Krishna Temple [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dsc9896-1682025052156-1000x0.jpg&w=1001&h=0)