पहाडमा मकै भित्र्याउने चटारो [तस्बिरहरु]

पहाडको महाभारत रेन्जको पानी नलाग्ने स्थानको मुख्य बाली नै मकै हो । बेंसीमा खेती हुनेले धान भित्र्याउँछन्, नहुनेले यही मकै बिक्री गरेर धान खरिद गर्ने किसान रमेश हायूले बताए ।

श्रावण २९, २०८२

राजकुमार कार्की

A corn plow in the mountains [Photos]

सिन्धुली — जिल्लाको पहाडी क्षेत्रमा यतिखेर मकै भित्र्याउने चटारो छ । गोलन्जोर गाउँपालिका-६ को वाशेश्वरका किसानले धमाधम मकै भित्राउँदै छन् । प्राय: मकै भित्र्याएपछि कोदो रोप्ने काम हुन्छ । पर्याप्त पानी परेमा भने आकाशे खेतीको धानसमेत पहाडमा कहींकहीं हुने गरेको छ ।

A corn plow in the mountains [Photos]

पहाडको महाभारत रेन्जको पानी नलाग्ने स्थानको मुख्य बाली नै मकै हो । बेंसीमा खेती हुनेले धान भित्र्याउँछन्, नहुनेले यही मकै बिक्री गरेर धान खरिद गर्ने किसान रमेश हायूले बताए ।

A corn plow in the mountains [Photos]
A corn plow in the mountains [Photos]

'हामी बेंसीमा खेती नहुनेको लागि मकैबाली मंसिरमा धान भित्र्याएसरह हो,' उनले भने, ‘मकै भित्र्याएपछि बल्ल हाम्रो चाडबाड सुरु हुन्छ ।’ गोलन्जोरको अलावा फिक्कल, सुनकोसी, कमलामाइ, घ्याङलेख, हरिहरपुरगढी, मरिण, तीनपाटन र दुधौलीको महाभारत रेञ्जको ग्रामीण भेगमा यतिखेर मकै पाक्ने गर्दछ । 'कुलोको पानी नलाग्ने भएकाले आकाशे खेती नै यहाँका किसानको वर्षदिन खाने अन्न उब्जनीको स्रोत हो । हाम्रो २२ जनाको परिवार छ,' मकै भित्र्याउँदै गरेका अर्का किसान नारायण हायूले भने, ‘धान बेसाउनु पर्छ, मकै र कोदो मौसमले साथ दिएमा पर्याप्त हुन्छ ।’

A corn plow in the mountains [Photos]
A corn plow in the mountains [Photos]

ग्रामीण क्षेत्रमा प्राय: आफैंले खेती गर्ने हुनाले उत्पादन भएको सबै भित्र्याउन पाइने उनको भनाइ थियो । समयमा मल नपाउँदा भने खेतीको तालिका नै तलमाथि हुने भएकाले उत्पादनमा समेत त्यसको असर पर्ने गरेको किसानहरुको गुनासो छ ।

A corn plow in the mountains [Photos]

राजकुमार कार्की कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully