ललितपुर गोदावरी नगरपालिका–१२ थेच्वका नेवारहरूले प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट भाद्रकृष्ण द्वितीयामा मतया: जात्रा मनाउने गर्छन् ।
काठमाडौँ — यी तस्बिरहरू ललितपुर गोदावरी नगरपालिका–१२ थेच्वका हुन् । यहाँका नेवारहरूले प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट भाद्रकृष्ण द्वितीयामा मतया: जात्रा मनाउने गर्छन् ।
जात्रा माली गाः धिमे खलः, खाँचा धिमे खलः, कुसिको बाँसुरी खलः, तननी बाँसुरी खलः, ब्रम्हायणी बाँसुरी खलः, कुटुझोल बाँसुरी खलः गरेर १२ वटा बाजा खलकले पालैपालो आयोजना गर्ने गर्छन् । यस पटक सरस्वती धिमे खलःका पालो हो । थेच्वबासीले जात्रालाई व्यवस्थित गर्न २०६२ मा थेच्व सांस्कृतिक बाजा संरक्षण समितिको स्थापना गरेर जात्रा सञ्चालन गर्दै आइरहेका छन् ।
![This is how Mataya was celebrated with satirical performances: [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/thechojatra202508110489-1182025022932-1000x0.jpg&w=1001&h=0)
![This is how Mataya was celebrated with satirical performances: [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/thechojatra202508110515-1182025023244-1000x0.jpg&w=1001&h=0)