This is how it looked on the first day of Gaijatra in Bhaktapur [Photos]

During the year, Bhaktapur residents have celebrated Gaijatra by making a symbolic cow and circumambulating the city in memory of their deceased relatives.

Shrawn 25, 2082

Angad Dhakal

This is how it looked on the first day of Gaijatra in Bhaktapur [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The first day of the Gaijatra festival, which is celebrated every year from the day of Bhadra Krishna Pratipada to Ashtami for eight days, was duly celebrated on Sunday. In Kathmandu, Bhaktapur, Lalitpur Valley and other major cities across the country, the first day of Gaijatra was celebrated with various programs in memory of the deceased relatives.

This is how it looked on the first day of Gaijatra in Bhaktapur [Photos]

वर्षभरमा दिवंगत भएका आफन्तहरुको सम्झनामा प्रतिकात्मक गाई बनाएर नगर परिक्रमा गरेर भक्तपुरवासीले गाईजात्रा मनाएका छन् । भक्तपुर जिल्लाभरिका नेवार समुदायले बिहानैदेखि टोलटोलबाट गाई निकालेर घिन्ताङघिसी नाच प्रदर्शन गर्दै गाईजात्रा मनाए । गाईजात्राका सहभागीलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । जात्राको आकर्षणका रूपमा रहेको घिन्ताङघिसी नाचसँगै हनुमान नाच, जङ्गल नाच र माक प्याखं अर्थात् बाँदर नाचसमेत टोलटोलमा प्रदर्शन गरिन्छ ।

This is how it looked on the first day of Gaijatra in Bhaktapur [Photos]
This is how it looked on the first day of Gaijatra in Bhaktapur [Photos]

गाईजात्राको भोलिपल्ट बौद्धमा र त्यसको पर्सीपल्ट जयवागेश्वरीमा रोपाइँ जात्रा मनाउने गरिन्छ । गाईजात्राको भोलिपल्ट जयवागेश्वरीमा खड्ग जात्रा र अन्य स्थानमा विभिन्न नामले गाईजात्रा मनाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने यो पर्व मल्लकालेखि सुरु भएको हो ।एक वर्षदेखि दिवंगत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराएर दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाइएको छ । गाईजात्राका अवसरमा उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी र साजसज्जाका साथ गाईको भेषमा बालबालिकाको र्‍याली निकालिएको थियो ।

This is how it looked on the first day of Gaijatra in Bhaktapur [Photos]
This is how it looked on the first day of Gaijatra in Bhaktapur [Photos]

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मनाइन्छ । आठ दिनसम्म गाईजात्रा, खड्गजात्रा, रोपाइँजात्रालगायत नाममा गाईजात्रा सप्ताहव्यापी रुपमा मनाउने परम्परा रही आएको छ । मृत्यु भएकाको सम्झनामा नगरपरिक्रमा गर्नाले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

This is how it looked on the first day of Gaijatra in Bhaktapur [Photos]
This is how it looked on the first day of Gaijatra in Bhaktapur [Photos]

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको जानकारहरू बताउँछन् । यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको जनश्रुतिसमेत छ । सोही समयदेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा हाल पनि कायमै छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनकता हुन्छ । पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् ।जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय मानिन्छन् ।

This is how it looked on the first day of Gaijatra in Bhaktapur [Photos]
This is how it looked on the first day of Gaijatra in Bhaktapur [Photos]
This is how it looked on the first day of Gaijatra in Bhaktapur [Photos]

Angad

Link copied successfully