बंगलामुखीस्थित कुम्भेश्वरमा जनैपूर्णिमाको अवसरमा बर्सेनि ठूलो संख्यामा दर्शनार्थी भेला हुने गरेका छन् ।
ललितपुर — जनैपूर्णिमाको अवसरमा शनिबार ललितपुरको बंगलामुखी मन्दिरमा झाँक्री नाच देखाइएको छ । बंगलामुखीस्थित कुम्भेश्वरमा जनैपूर्णिमाको अवसरमा बर्सेनि ठूलो संख्यामा दर्शनार्थी भेला हुन्छन् । जनैपूर्णिमाको दिन उक्त स्थानमा मेला भर्न स्थानीय पाटनवासी, चापागाउँ, हरिसिद्धि, ठैव, धापाखेल, सुनाकोठी, बुङ्मती, खोकना, गोदावरीलगायत उपत्यकाका विभिन्न स्थानबाट दर्शनार्थीको भीड लाग्छ ।
![Jhankri Dance at Banglamukhi Temple [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/jhakrinachatbagalamukhitemplepatan202508093992-0982025124215-1000x0.jpg&w=1001&h=0)