दरबार क्षेत्रमा पुराना ब्लक र ढुंगा फेरेर नयाँ राख्न थालिएको हो ।
काठमाडौँ — विश्व सम्पदा सूचीमा सूचीकृत बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा हिजोआज पुनः निर्माणको काम धमाधम भइरहेको छ । दरबार क्षेत्रमा पुराना ब्लक र ढुंगा फेरेर नयाँ राख्न थालिएको हो । उक्त काम भइरहँदा त्यहाँ जाने पर्यटक र सर्वसाधारणलाई आवतजावतमा कठिनाइ समेत भएको छ । यस क्षेत्रमा दरबार संग्रहालय, काष्ठमण्डप मन्दिर, माजुदेव मन्दिर, कागेश्वरी मन्दिर, कृष्णमन्दिर, लक्ष्मी नरायण मन्दिर र कृष्ण मन्दिर लगायतका एतिहासिक एवं धार्मिक सम्पदा रहेका छन् ।
![Road reconstruction in Basantpur Darbar area [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/basantapurconstruction08062025642-0682025124312-1000x0.jpg&w=1001&h=0)