पाटनमा यल पञ्चदान [फोटो फिचर]

श्रावण शुक्लपक्ष अष्टमीका दिन ललितपुरमा मात्र आयोजना हुने भएकाले यसलाई ‘यल पञ्चदान’ भन्ने गरिएको हो ।

श्रावण १६, २०८२

प्रशान्त माली, दीपेन श्रेष्ठ

Yal Panchdan in Patan [Photo Feature]

काठमाडौँ — बौद्ध परम्पराअनुसार शुक्रबार पाटनमा यल पञ्चदान गरिएको छ । पञ्चदानको अवसरमा पाटनका विभिन्न बही, बिहार तथा श्रद्धालुहरूले परम्पराअनुसार आ–आफ्ना घर आँगनमा शाक्य, चैलक्य (ची बहालमा चूडाकर्म गर्नेहरू), ब्रहृमचारी भिक्षु र बज्राचार्यलाई चामल, धान, गहुँ, नुन, कालो भटमास, क्षीर, फलफूल र दक्षिण दान गर्ने गर्छन् ।

Yal Panchdan in Patan [Photo Feature]

त्यस्तै बिहारको दीपंकर तथा बुद्धका मूर्ति र ‘पौः बाः’ सजाई बाहिर प्रदर्शन गर्ने गरिन्छ । मंगलबजारस्थित बौद्ध चैत्यको सामुन्ने गुइत अजी (गुइत हजुरआमा) बा लक्ष्मी थकु नामले प्रसिद्ध अविवाहित महिलाको तर्फबाट पञ्चदान गरिएको हो । पञ्चदान गर्दा फुद्यो (अन्तिम पञ्चदान लिन आउने) नआएसम्म दान गरिराख्नुपर्ने परम्परा छ ।

Yal Panchdan in Patan [Photo Feature]

लिच्छविकालमा पाटनको गुल्तङ ग्राम नामले प्रसिद्ध उक्त ठाउँमा सत्ययुगमा सर्वानन्द नाम गरेका राजाले आफ्नो दरबारमा दीपंकर तथागत र उनका शिष्यलाई निमन्त्रणा गरी सर्वप्रथम पञ्चदान आयोजना गरेको जनविश्वास छ । श्रावण शुक्लपक्ष अष्टमीका दिन ललितपुरमा मात्र आयोजना हुने भएकाले यसलाई ‘यल पञ्चदान’ भन्ने गरिएको हो ।

Yal Panchdan in Patan [Photo Feature]
Yal Panchdan in Patan [Photo Feature]
Yal Panchdan in Patan [Photo Feature]

प्रशान्त माली

दीपेन श्रेष्ठ

Link copied successfully