पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र ६ वटा फ्लडलाइट जडान गरिँदैछ ।
काठमाडौँ — कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य धमाधम भइरहेको छ । रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र ६ वटा फ्लडलाइट जडान गरिँदैछ ।
निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुँदैछन् ।

