पर्सा — साउन लागिसक्दा पनि मधेशमा खडेरी छ । खेतमा धाँजा फाटेका छन् । पानीको हाहाकार भइरहेका बेला वीरगन्ज महानगरपालिका–१७ अलौस्थित इदगाहमा शनिबार स्थानीय मुस्लिम समुदायले पानीको माग गर्दै ‘इस्तिस्का’ नमाज प्रार्थना गरेका छन् ।
शनिबार बिहान पानीका लागि विशेष धार्मिक प्रार्थना गरिएको नमाजमा सहभागी स्थानीय आशिक अन्सारीले बताए । साउन लागिसक्दा पनि मनसुनी वर्षा नभएर जनजीवन कष्टकर तथा खेतीपाती समेत प्रभावित भएपछि मुस्लिम समुदायले अल्लाहसँग पानीका लागि विशेष नमाज अदा गर्दै प्रार्थना गरेको उनले बताए ।
![Istisqa Namaz of Muslim Community Asking for Water [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000019613-2672025113604-1000x0.jpg&w=1001&h=0)
![Istisqa Namaz of Muslim Community Asking for Water [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000019604-2672025113621-1000x0.jpg&w=1001&h=0)