काठमाडौँ — महिला अधिकारका लागि माइतीघरमा आइतबार ऐक्यबद्धता र्याली निकालिएको छ । महिला अधिकारका लागि दबाब अभियानको आयोजनामा र्याली निकालिएको हो ।
सहभागीले 'महिलाको विविधता स्वीकार गर', 'पीडकलाई राजनीतिक संरक्षण गर्न बन्द गर', 'महिला श्रमको सम्मान गर'लगायत नारा लेखिएका प्लेकार्ड, ब्यानरसहित उनीहरुले प्रदर्शन गरे । र्यालीमा वृद्धादेखि केही पुरुषले समेत साथ दिएका थिए ।