त्रिविमा इन्जिनियरिङका विद्यार्थीको प्रदर्शन [तस्बिरहरु]

श्रावण ४, २०८२

दीपेन श्रेष्ठ

Engineering students perform at Trivim [Photos]

What you should know

काठमाडौँ — इन्जिनियरिङका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन गरेका छन् । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक १२ दिनदेखि पुल्चोकसहित ५ वटा क्याम्पसको पठनपाठन बन्द गरेर आन्दोलनमा उत्रिएको त्यस विरोधमा विभिन्न विद्यार्थी संगठनले आइतबार त्रिवि उपकूलपतिको कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।

Engineering students perform at Trivim [Photos]

सहभागीले इन्जिनियरिङ अध्ययन संस्थानको अस्तित्व बचाउ, एक्ज्याम कहिले हुन्छ, सल्ला धुपैले विद्यार्थीको भविष्य अन्धकार भयो टीयू तिम्रो रुपैलेलगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Engineering students perform at Trivim [Photos]
Engineering students perform at Trivim [Photos]

त्रिविले स्वायत्तता र विकेन्द्रकरणअन्तर्गत आर्थिक अधिकार खोसेको आरोप लगाउँदै प्राध्यापकले आन्दोलन थाल्दा पुल्चोक, थापाथली, पोखरा, धरान र चितवन इन्जिनियरिङ क्याम्पसको कक्षा सञ्चालन रोकिएको छ । २५ असारदेखि पठनपाठन रोकेर प्राध्यापक संघको अगुवाइमा क्याम्पसहरूमा धर्ना दिइएको हो । प्राध्यापक संघ इन्जिनियरिङ क्याम्पस इकाइका सहसचिव तथा प्रवक्ता रोशन कार्कीले त्रिविले आर्थिक स्वायत्तता खोसेकाले आन्दोलनमा उत्रेको बताए ।

Engineering students perform at Trivim [Photos]
Engineering students perform at Trivim [Photos]

२०५५ सालमा त्रिविले संस्थानलाई विकेन्द्रीकरण र स्वायत्तताको अधिकार दिएको थियो । त्यसविपरीत २०८० को त्रिवि सभा (सिनेट) ले आर्थिक अधिकार कटौती गरेको संघको भनाइ छ । विकेन्द्रीकरण र स्वायत्तता अधिकार दिइएका त्रिविका निकायले आर्थिक, प्रशासनिक र शैक्षिक गतिविधिमा थप स्वतन्त्रता प्राप्त गरेका हुन्छन् ।

Engineering students perform at Trivim [Photos]

दीपेन

Link copied successfully