काठमाडौँ — आर्थिक वर्षको अन्त्यतिर नियमविपरीत रकमान्तर गर्ने र छोटो समयमै ठूलो रकम खर्च गर्ने बेथिति यसपालि पनि देखियो ।
असारको ३० दिनमा मात्र सरकारले ७१ अर्ब ५६ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ । यो चालु आर्थिक वर्षको हालसम्म भएको कुल पुँजीगत खर्चको करिब साढे २३ प्रतिशत हो । आर्थिक वर्षको अन्त्यतिर जोडतोडका साथ काम गर्ने प्रवृत्तिले धेरैजसो निर्माणका काम असरल्ल देखिन्छन् ।