We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Due to lack of water in Kachorwa village of Simraungadh municipality-8 of Bara, paddy seeds have started drying up in the beds. There has been no rain since winter in Madhes, which is a granary.
असार बितिसक्दा समेत पानी नपरेपछि रोपाइँ हुन सकेको छैन । जिल्लामा सिँचाइ सुविधा नभएको ठाउँको खेत सुकेको छ । धानको ब्याड घामको रापले डढेको छ । ट्युबेलको पानी समेत सुकेको छ । पानीको सतह घटेपछि डिप ट्यूबेल तथा चापाकलमा पानी आउन छाडेको छ । ‘बाँच्ने आधार पानी पिउनेदेखि अन्न उत्पादनको लागि सिँचाइ पनि छैन । ब्याड खेतमै सुक्यो,’ सिम्रौनगढ ८ कचोर्वाका नकछेद यादवले भने, ‘कसरी बाँच्ने ?’
सर्वसाधारणले पिउने पानीको समस्या टार्न ठाउँ ठाउँमा सार्वजनिक स्थलमा गाडिएको डिप ट्युबेलको पानी भर्न लाम लाग्नु परिरहेको छ । एउटै ट्युबेलमा आलोपालो पिउने पानी र सिँचाइका लागि खेतमा पानी लगाइरहेको छ । मधेस सरकारले प्रदेशका ८ जिल्लालाई सुक्खा तथा संकटकालीन क्षेत्र घोषणा गरिसकेको छ ।
उता पर्सा जिल्लामा पिउने पानीको समस्या टार्न प्रदेश सरकारले वीरगन्जसहित पर्सा जिल्लाका लागि ८ वटा दमकल नेपाली सेनालाई वितरण गरेको छ । पानीको स्रोत रहेको चुरे क्षेत्रमा अनियन्त्रित बालुवागिट्टी दोहन र जंगल मास्नाले खोला खोल्सी, पैनीमा पानी छैन । पैनीसमेत अतिक्रमणमा परेको छ । स्थानीय तहले आफ्नो आम्दानी बढाउन चुरे क्षेत्रको खोला बालुवा गिट्टीका लागि ठेक्का दिँदा त्यहाँ अनियन्त्रित र जथाभावी कटान गर्दा पानीको मुहान सुक्ने अवस्थामा पुगेका हुन् ।
जिल्ला प्रशासन कार्यालय बाराले गत सोमबार पानीको स्रोत र वितरण प्रणालीबारे पालिकाका जनप्रतिनिधिसहित सरोकारवाला सबैलाई बैठक डाकेर सर्वपक्षीय छलफल गर्दै पालिकालाई पानीको स्रोत जुटाउन सिँचाइ व्यवस्थापनका लागि दबाब दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार पालिकाहरुले सिँचाइसहित पिउने पानीको व्यवस्थापन गर्नका लागि स्रोत जुटाउन पर्याप्त बजेट छुट्याउन नसकिरहेको अवस्थामा सरोकारवालासित यस्तो छलफल गरिएको हो ।
![Drought causes rice seeds to dry up in beds [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/madhesh-khaderi-4-1672025035814-1000x0.jpg&w=1001&h=0)
![Drought causes rice seeds to dry up in beds [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/madhesh-khaderi-5-1672025035835-1000x0.jpg&w=1001&h=0)
![Drought causes rice seeds to dry up in beds [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/madhesh-khaderi-13-1672025040100-1000x0.jpg&w=1001&h=0)
![Drought causes rice seeds to dry up in beds [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/madhesh-khaderi-10-1672025035958-1000x0.jpg&w=1001&h=0)
![Drought causes rice seeds to dry up in beds [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/madhesh-khaderi-9-1672025035937-1000x0.jpg&w=1001&h=0)