रहस्यमय 'निषेधित सहर' [तस्बिरहरू)]

असार २२, २०८२

पर्वत पोर्तेल

Mysterious 'Forbidden City' [Photos]]

बेइजिङ — चीनको राजधानी बेइजिङमा एउटा यस्तो निषधित सहर छ, जसलाई आधिकारिक रूपमा इम्पेरियल प्यालेस भनिन्छ। यो चीनको इतिहास, संस्कृति र राजनीतिक शक्तिको प्रतीक मानिन्छ। विश्व सम्पदा सूचीमा सूचीकृत यो ऐतिहासिक परिसर मिंग र किङ्ग राजवंशहरूको समयमा चिनियाँ सम्राटहरूको निवास स्थल थियो ।

Mysterious 'Forbidden City' [Photos]]

निषेधित सहर निर्माण मिंग राजवंश (१४२० ई.) मा सम्पन्न भएको थियो र यो करिव ६०० वर्ष सम्म चिनियाँ साम्राज्यको शासन केन्द्र बन्यो । यसलाई ‘निषेधित’ भनिनुको कारण यहाँ आम जनताको प्रवेश निषेध थियो, केवल राजपरिवार, अधिकारीहरू र सेवकहरू मात्र प्रवेश गर्न पाउँथे । ९८० भवनहरू र ९९९९ कोठाहरू समावेश गरिएको यो परिसर १८० एकर क्षेत्रफलमा फैलिएको छ ।

Mysterious 'Forbidden City' [Photos]]

हाल यो चीनको सबैभन्दा लोकप्रिय पर्यटकीय आकर्षण हो, जहाँ प्रतिवर्ष १ करोड भन्दा बढी पर्यटकहरू आउँछन् । शनिबार र आइतबार चीनमा बिदा हुन्छ । त्यो दिन यहाँ आन्तरिक पर्यटकहरुको भीड लाग्छ । खासगरी महिलाहरु राजर्षी पोशाकमा ठाँटिएर दरबार परिसरमा तस्बिर खिचाउन उत्साहित बन्ने गर्छन् ।

Mysterious 'Forbidden City' [Photos]]
Mysterious 'Forbidden City' [Photos]]
Mysterious 'Forbidden City' [Photos]]
Mysterious 'Forbidden City' [Photos]]
Mysterious 'Forbidden City' [Photos]]
Mysterious 'Forbidden City' [Photos]]
Mysterious 'Forbidden City' [Photos]]
Mysterious 'Forbidden City' [Photos]]
Mysterious 'Forbidden City' [Photos]]
Mysterious 'Forbidden City' [Photos]]

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully