चीनको महापर्खाल [तस्बिरहरू]

असार २१, २०८२

पर्वत पोर्तेल

The Great Wall of China [Photos]

बेइजिङ — चीनको महापर्खाल अर्थात् ग्रेटवाल, यो विश्वकै सबैभन्दा लामो मानव निर्मित संरचना हो। करिब २१ हजार किलोमिटरभन्दा बढी दूरीमा फैलिएको यो पर्खालले चीनका थुप्रै प्रान्त, पहाड, मरुभूमि र खोलाहरू पार गर्छ। उत्तरी आक्रमणबाट देशलाई सुरक्षित राख्नका लागि यो पर्खाल बनाइएको हो।

The Great Wall of China [Photos]

ग्रेटवालको निर्माण २ हजार ३ सय वर्षअघि सुरु भएको मानिन्छ । जुन बेला चीन हान र मिंग राजवंशहरूद्वारा शासित थियो । हजारौँ श्रमिक, सैनिक र कैदीहरूको रगत र पसिनाले यो महा पर्खाल खडा भएको मानिन्छ। यसमा चट्टान, माटो, काठ र इँट्टा प्रयोग गरिएको छ। यो पर्खाललाई ती श्रमिक, सैनिक र कैदीहरुको साहस, श्रम र प्रतिबद्धताको प्रतिक मानिन्छ ।

The Great Wall of China [Photos]

ग्रेटवाल अब चीनको राष्ट्रिय गौरव मात्र होइन, युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत एक ऐतिहासिक धरोहर पनि हो । हरेक वर्ष लगभग एक करोड पर्यटक यो अद्भुत पर्खाल अवलोकन गर्न चीन आइपुग्छन् । बेइजिङबाट ७० किलोमिटर उत्तरमा रहेको बादालिङ खण्डमा पर्यटकहरुको बढी भीड लाग्ने गर्छ । ग्रेटवाल पर्खाल त हो नै, संगसंगै यो चिनियाँ सभ्यता, इतिहास, साहस र एकताको सजीव चित्र पनि हो । यो संरचनाले आज पनि सिंगो विश्वलाई अचम्मित बनाइरहेको छ ।

The Great Wall of China [Photos]
The Great Wall of China [Photos]
The Great Wall of China [Photos]
The Great Wall of China [Photos]
The Great Wall of China [Photos]
The Great Wall of China [Photos]
The Great Wall of China [Photos]
The Great Wall of China [Photos]

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully