ताप्लेजुङ — मध्य असार ढल्किसकेको छ, तर हिमाली जिल्ला ताप्लेजुङमा २१ प्रतिशत मात्रै रोपाइँ भएको छ । पर्याप्त पानी नपरेका कारण किसानले ढुक्कले खेती लगाउन पाएका छैनन्। समय घर्किदै गएकाले रोपाइँमा भने जुटेका छन् ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका सुचना अधिकारी शशिकुमार सिंह रोपाइँ ढिलो हुनुमा पानी नपर्नु मुख्य कारण रहेको बताउँछन् । उनका अनुसार जिल्लामा ५ हजार ६ सय ६६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । त्यसमध्ये १ हजार १ सय ११ हेक्टरमा धान रोपिएको छ । ताप्लेजुङका किसानले जेठ तेश्रो सातादेखि थालेर साउन अन्तिम सातासम्म रोपाइँ गर्ने गरेको ज्ञान केन्द्रले जनाएको छ । सदरमुकाम फुङलिङको बोझे, मेरिङदेनको थिङलावु, लिंतेप लगायतको क्षेत्रमा जेठमै धान लगाउन थालिन्छ । आठराईत्रिबेणीको हाङपाङ, पाथीभरा याङवरकको काबेली, सेसम्बु लगायतका क्षेत्रमा साउन अन्तिम सातासम्म रोपाइँ गरिन्छ ।
![Planting Colors [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img20250704115115-0472025123405-1000x0.jpg&w=1001&h=0)
![Planting Colors [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img20250704122530-0472025123427-1000x0.jpg&w=1001&h=0)