काठमाडौँ — भक्तपुरका दही उत्पादक तथा बिक्रेताहरुलाई जुजु धौ बनाउन भ्याइनभ्याइ छ । अन्य बेलाभन्दा असार १५ का दिन(आइतबार) जुजु धौको खपत र माग उच्च रहने गरेको छ । रोपाइँ महोत्सवसँगै असार १५ लाई देशभर दही–चिउरा खाने दिनका रुपमा मनाइन्छ । यस दिन परम्परागत स्वाद र मौलिकताको प्रतीक मानिने भक्तपुरको जुजु धौको विशेष माग हुने गरेको छ ।
![How to Make Juju Dha [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/juju-dhau-preperation-at-bhaktapur06272025img3774-2862025042146-1000x0.jpg&w=1001&h=0)