Khandahar Bhrikuti Paper Factory [Photos]

Ashad 13, 2082

bibek pokhrel, Sanjay Ojha

Khandahar Bhrikuti Paper Factory [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Rusty tin roofs are falling down. The condition of iron structures is also the same. The walls are broken. And the bush growing everywhere looks ugly. This is a ruined structure, the Bhrikuti Paper Factory located at Ghindakote near the banks of Narayani River. This industry is spread over 52 bighas including factories and residential areas.

Khandahar Bhrikuti Paper Factory [Photos]

कुनैबेला कामदारहरुको भीड हुने, कागजको कच्चा पदार्थ ल्याएर आएका ट्रकको लस्कर देखिने र उत्पादित कागज बोकेर कारखानाबाट निस्केका गाडीको ताँती देखिने दृश्य यहाँ नदेखिएको १५ वर्ष भइसक्यो । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले चार दशकअघि स्थापना गरिएको नवलपरासी बर्दघाट–सुस्तापूर्वको यो कारखाना अहिले खण्डहर बनेको छ ।

Khandahar Bhrikuti Paper Factory [Photos]

कारखानाका सबै संरचना जीर्ण देखिन्छन् । बाहिरबाट हेर्दा ठूला ठूला मेसिनका अस्थिपञ्चर मात्रै देखिन्छ । कुनै समय देशको गौरव भृकुटी कागज कारखाना अहिले झाडीले भरिएर खोरियाघारी जस्तै बनेको छ । यही उद्योगबाट उत्पादन भएको कागज कुनै समय विदेशसम्म निर्यात हुन्थ्यो । अनि देशको कुल मागको झण्डै ६० प्रतिशत कागज यही उद्योगले पूरा गर्थ्यो । तर यो त सबै इतिहास भइसक्यो ।

Khandahar Bhrikuti Paper Factory [Photos]

चीन सरकारले नेपाललाई कागजमा आत्मनिर्भर बनाउन सहयोग स्वरुप यो उद्योगको निमार्ण गरिदिएको थियो । २०३९ सालमा स्थापना भएको उद्योगले ०४३ साल वैशाखदेखि उत्पादन थालेको थियो । भृकुटी कागज कारखाना निजीकरणपछि भृकुटी पल्प एन्ड पेपर लिमिटेड नाममा सञ्चालनमा आयो । २०४६ को राजनीतिक परिवर्तनपछि आमनिर्वाचनबाट २०४८ मा गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उदार आर्थिक नीति र निजीकरणलाई प्राथमिकता दिने नीति अनुसार पहिलोपटक निजीकरण गरिएका तीन उद्योगमध्ये भृकुटी कागज पनि एक थियो । यो उद्योगलाई २०४९ पुस २० गते निजीकरण गरिएको थियो । यो उद्योग सञ्चालन भएको २४ वर्षपछि र निजीकरण भएको १७ वर्षपछि २०६७ माघदेखि बन्द छ । यस उद्योगको मुख्य खरिदकर्ता गोल्छा अर्गनाइजेसन हो ।

Khandahar Bhrikuti Paper Factory [Photos]

'खण्डहर र सुनसान बनेको भृकुटी कागज कारखानाको रौनक कहिले फर्किएला ?' अहिले पनि चासो सबैमा छ तर यो प्रश्न अनुत्तरित छ ।

Khandahar Bhrikuti Paper Factory [Photos]
Khandahar Bhrikuti Paper Factory [Photos]
Khandahar Bhrikuti Paper Factory [Photos]
Khandahar Bhrikuti Paper Factory [Photos]
Khandahar Bhrikuti Paper Factory [Photos]

bibek

Sanjay

Link copied successfully