काठमाडौँ — बूढानिलकण्ठ नगरपालिका-१२ का कपन, साततले, आनी गुम्बा क्षेत्रमा खानेपानी पाइप फेर्नका लागि सडक भत्काइँदा त्यस क्षेत्र अस्तव्यस्त बनेको छ । डेढ वर्षअघि भत्काइएको सडक अहिलेसम्म निर्माण नगरिँदा निरन्तरको वर्षाका कारण खाल्डाखुल्डी, अधुरा सडकमा स्थानीय आउजाउ, व्यवसायी र यातायात सञ्चालनमा समस्या भएको छ । पाइप परिवर्तनका लागि करिब १ किलोमिटर सडक भत्काइएको छ ।
ठूलो पानी पर्दा बाढीले पसल र घरहरूमा क्षति गराइरहेको, सडक हिलो र पानी जम्ने गरेकाले हिँडडुलमा समेत समस्या भइरहेको स्थानीय प्रवीण खनालले बताए । 'अब त बस्नै गाह्रो भयो,' उनले भने, 'यहाँ कतिपयका घरभित्रै पानी पसेको छ, पसलमा सामान बिग्रिएको छ, काम कहिले सुरु हुन्छ भन्ने पत्तो छैन ।'सडक निर्माण कार्य पुनः सुरु गरेर तत्काल समस्या समाधानका लागि स्थानीय बासिन्दाले नगरपालिकासँग आग्रह गरेका छन् ।बूढानिलकण्ठ नगरपालिका-१२ का वडाध्यक्ष शम्भूप्रसाद भट्टराईले पानी पर्न थालेपछि निर्माण रोकिएको भन्दै बर्खा सकिना साथ निर्माण अघि बढाइने बताए ।
![Due to the lack of construction of the road, the area is constantly in chaos [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/afterrainconditionkapan04-2262025032747-1000x0.jpg&w=1001&h=0)
![Due to the lack of construction of the road, the area is constantly in chaos [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/afterrainconditionkapan16-2262025033138-1000x0.jpg&w=1001&h=0)