दाउन्नेमा सधैं पिरलो [तस्बिरहरू]

असार ३, २०८२

नवीन पौडेल

Always Yellow in Downey [Photos]

परासी — सोमबार राति पानी परेपछि बुटवल–नारायणगढ सडक खण्डको दाउन्नेमा हिलो जम्दा सवारीसाधन उक्लन सकेनन्। उकालो र ओरालो सडकमा सवारी चिप्लिएपछि सोमबार रातिदेखि मंगलबार बिहानसम्म दुईतर्फी सवारी जाममा परेका थिए। पानी पर्न छाडेपछि एकतर्फी सवारी सञ्चालनमा आए पनि दाउन्नेको १४ किलोमिटर पार गर्न तीन–चार घण्टा लागेको थियो।

Always Yellow in Downey [Photos]

बर्दघाटदेखि काठमाडौँ हिँडेका हरि घिमिरेले मंगलबार बिहान चार घण्टा लगाएर दाउन्ने पार गरे । दाउन्ने पार गरेपछि दुम्किबासमा विनय खोलाको डाइभर्सन बगाएपछि २५ किलोमिटर लामो वैकल्पिक मार्ग हुँदै यात्रा गर्नुपरेको थियो। 'दाउन्नेमा धान रोप्ने जस्तो हिलो छ। उकालो–ओरालोमा सवारी चिप्लिएर हैरानी भएको छ,' उनले भने, 'वर्षौंदेखि यही समस्या भइरहे पनि राज्यले के गरिरहेको छ? सर्वसाधारणको सास्ती कसले बुझ्ने?'

Always Yellow in Downey [Photos]

दाउन्ने खण्डमा सडक विस्तारको काम भइरहेकोले केही समयको जाम नौलो होइन। तर विगत ६ वर्षदेखि सामान्य वर्षा र जाडो मौसममा शीतलहरका कारण सडक हिलो हुँदा समेत यसको समाधान हुन सकेको छैन। ठेकेदार कम्पनी चाइना स्टेट र सडक विभागले समस्या समाधानमा ध्यान नदिएको पाइन्छ। सवारी चिप्लिएर डोजरले धकेल्नुपर्ने अवस्था आउँदा पनि सडक सफा गरेर गिट्टी–बालुवा नहालेकाले यात्रुले घण्टौँ जसो जामको सास्ती भोग्नु परेको छ।

Always Yellow in Downey [Photos]

सडक विभाग र ठेकेदार कम्पनीले दाउन्नेमा पहाड काट्ने काम भइरहेकाले पानी पर्दा सडक हिलो हुने बताउँदै आएका छन्। कल्भर्ट र पुल निर्माणको क्रम रहेकाले सडक भत्काएर पुर्ने काम भइरहेकाले तथा साँघुरो सडक हुँदा सामान्य वर्षामा पनि हिलोले यातायात सञ्चालनमा समस्या आएको बुटवल–नारायणगढ सडक आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए।

Always Yellow in Downey [Photos]

१ सय १४ किलोमिटर सडक निर्माणको काम २०७५ साल चैतमा सुरु भएको हो। ६ वर्ष हुँदा भौतिक प्रगति ६४ प्रतिशत मात्र पुगेको छ। तेस्रो पटक थप गरिएको म्याद यही साउन ८ गते सकिँदै छ।

Always Yellow in Downey [Photos]
Always Yellow in Downey [Photos]

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully