दिक्तेलमा उभौली साकेला सिली मैझारो [फोटो फिचर]

जेष्ठ ३१, २०८२

डम्बरसिं राई

Diktelma Ubhouli Sakela Sili Maijharo [Photo Feature]

खोटाङ — धान, कोदो, मकै कमैमा, को मर्छौ बाँच्छौ समयमा, समयमा लै लै समयमारातो है भाले रेटौला, अर्को साल लै लै भेटौला, भेटौला लै लै भेटौला...

Diktelma Ubhouli Sakela Sili Maijharo [Photo Feature]

यसरी गीत गाउँदै ढोल, झ्याम्टा, चमरको साथमा दिक्तेलमा उभौली साकेला सिली मैझारो गरिएको छ । येले सम्वत ५०८५ को अवसरमा किरात राई यायोक्खा र किरात सेवा समाजले माटिकोरेस्थित रंगशालामा शनिबार आयोजित उभौली साकेला सिली मैझारो गरिएको हो । किरातीहरूले बैशाखे पूर्णिमाको बेला उभौली र मङ्सिरे पूर्णिमाको बेला उधौली मनाउने गर्दछन् । बैशाखे पूर्णिमाको बेला जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले उभौली भनिएको हो । उभौलीको अवसरमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आइनपरोस् लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने चलन छ ।

Diktelma Ubhouli Sakela Sili Maijharo [Photo Feature]
Diktelma Ubhouli Sakela Sili Maijharo [Photo Feature]

मङ्सिरे पूर्णिमाको बेला जलचर तथा थलचार जीवजन्तु उधौली लाग्ने भएकाले उधौली भनिएको किरात राई यायोक्खाका अध्यक्ष युगसन किरातले बताए । उधौलीको अवसरमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा–आराधना गर्ने चलन छ । उभौली–उधौली आफन्तसंगको भेटघाट गर्ने महत्वपूर्ण अवसर पनि मानिन्छ ।माटिकोरे रंगशालामा आयोजिता उभौली साकेला सिलीमा किरातीहरू मात्र होइन गैरकिरातहरूले समेत लहर मिलाएका छन् । साकेला सिली किरातीहरूले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत नााच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको सम्वन्ध विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताएका छन् । ‘साकेला सिली किरातीहरूको मात्र होइन, सबै समुदायको साझा हो’ राईले भने–‘साकेला सिली पछिल्लो समयमा जातीय सदभाव, एकता र सहिष्णुता कायम राख्ने संस्कृतिको रूपमा विकास भएको छ ।’

Diktelma Ubhouli Sakela Sili Maijharo [Photo Feature]
Diktelma Ubhouli Sakela Sili Maijharo [Photo Feature]
Diktelma Ubhouli Sakela Sili Maijharo [Photo Feature]
Diktelma Ubhouli Sakela Sili Maijharo [Photo Feature]
Diktelma Ubhouli Sakela Sili Maijharo [Photo Feature]
Diktelma Ubhouli Sakela Sili Maijharo [Photo Feature]
Diktelma Ubhouli Sakela Sili Maijharo [Photo Feature]

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully