डन्डी, स्कटल्यान्ड — नेपाल र स्कटल्यान्डबीच विश्वकप क्रिकेट लिग–२ को खेल हेर्न डन्डीमा बेलायतका विभिन्न स्थानबाट दर्शक ओइरिएका छन् । आइतबार बिदा भएकाले पनि दर्शकको राम्रै उपस्थिति रहेको छ । विभिन्न स्थानमा रहेका नेपालीहरू नेपालको झण्डा र बाजागाजासहित उपस्थित भएका छन् ।
सुरुको खेलमा खेल सकिएपछि मैदानमा दर्शकहरू छिरेकाले बाउन्ड्री लाइनमा बार लगाइएको छ । क्यान र क्रिकेट स्कटल्यान्डले मैदानमा नजानका लागि अपिल गरेका छन् । स्कटल्यान्ड क्रिकेटले डिभिजन-२ का यस खेलको टिकट मूल्य २० पाउन्ड तोकेको छ ।
नेपालले सोमबार यस शृंखलाको आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको अविश्वसनीय विजय हात पारेको थियो । करण केसीले अविजित ६५ रन बनाएपछि नेपालले २ सय ९७ रनको लक्ष्य अन्तिम बलमा पूरा गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै सबैभन्दा ठूलो रन लक्ष्य पछ्याएको थियो । त्यस्तै बुधबार नेपालले बुधबार आरिफ शेखको ७८ रनमा नेदरल्यान्ड्समाथि ५ विकेटको जित निकालेको थियो ।


