काठमाडौँ — नेवार समुदायले आइतबार टोल छिमेकमा रहेका पानीका मुहान तथा स्रोतहरू सफा सुग्घर पारी सिथि नख: विशेष रुपमा मनाउँदै छन् । ढुंगेधारा, इनार, कुवा लगायत पानीका स्रोत तथा मुहान सरसफाइ गर्ने चाडको रुपमा सिथि नख: मनाउने गरिन्छ । आजकै दिन पानीका स्रोतहरूको पूजा समेत गरिन्छ । भक्तपुरको दत्तात्रय क्षेत्रमा सिथि नख: का अवसरमा पानीका स्रोतहरू सफा गरिएको छ ।
हिन्दु धर्मशास्त्र अनुसार महादेवको जेठो पुत्र कुमारको जन्मदिनमा यो चाड मनाउने प्रचलन छ । यस अवसरमा उपत्यकाका नेवार समुदायले पानीका स्रोत सफा गरी विभिन्न परिकार बनाएर खाने गर्छन् । विशेषगरी चामलको पिठो, मास, केराउ र मुगीको बाराको परिकार बनाएर खाने प्रचलन छ । हिन्दु धर्मअनुसार यस चाडलाई कुमारको पूजा गर्ने दिनको रुपमा पनि मनाइन्छ ।
![Cleaning up water sources and drinking water: Celebrating [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/hitiinnarcleaningsithinakha06012025j2a0490-0162025063701-1000x0.jpg&w=1001&h=0)
![Cleaning up water sources and drinking water: Celebrating [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/hitiinnarcleaningsithinakha060120255y0a9761-0162025063855-1000x0.jpg&w=1001&h=0)