काठमाडौँ — १३औं कान्तिपुर हाफ म्याराथनको उपाधि आर्मीका धावक खडकबहादुर खड्का र ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले जितेका छन् । दुवै पहिलो पटक च्याम्पियन भएका हुन् । खडकबहादुरले १ घन्टा ०६ मिनेट ४७ सेकेन्डमा दौड पूरा गरेका थिए ।
धादिङकी सन्तोषीले १ घन्टा २३ मिनेट २८ सेकेन्डको टाइमिङ निकालेकी हुन्। खडकले दोस्रो सहभागितामा उपाधि जितेका हुन्। तेस्रो प्रयासमा हाफ म्याराथनमा विजेता भएकी सन्तोषीले ५ किमितर्फ चार पटक उपाधि जितेकी थिइन्।
खडकलाई निकट प्रतिद्वन्द्वी केन्याका जुलियस मुरिउकी (१ घन्टा ०६ मिनेट ५६ सेकेन्ड) ले कडा टक्कर दिएका थिए । माइतीघरको मोडबाट जुलियसलाई उछिन्दै खडकले उपाधिमा बाजी मारेका थिए । तेस्रो स्थानमा एपीएफका धावकक गोपीचन्द्र पार्की आए ।
उनले १ घन्टा ०८ मिनेट ४८ सेकेन्डमा दुरी पार गरेका थिए । गत वर्ष पनि गोपीचन्द्र तेस्रो नै भएका थिए । त्यसपछि छैटौं स्थानसम्म आर्मीका धावक राजन रोकाय, सञ्जय श्रेष्ठ र रामजी बस्नेतले सफलता पाएका थिए । राजनले १ घन्टा ०९ मिनेट ४५ सेकेन्ड, सन्जयले १ घन्टा १० मिनेट ३२ सेकेन्ड र रामजीले १ घन्टा १० मिनेट ५२ सेकेन्डमा दौड पूरा गरे ।
भर्खरै लन्डन म्याराथन दौडेर फर्केकी सन्तोषीको निकट प्रतिद्वन्द्वीमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने थिइन् । पूर्णलक्ष्मीले १ घन्टा २५ मिनेट ५७ सेकेन्डबाट दोस्रो स्थान हासिल गरिन् । गत वर्ष पूर्णलक्ष्मी चौथो भएकी थिइन् । एपीएफकी पुष्पा भण्डारी तेस्रो भइन् ।
उनले १ घन्टा २६ मिनेट ४३ सेकेन्डको टाइमिङ निकालिन् । गत वर्ष पुष्पा दोस्रो भएकी थिइन् । आर्मीकी सिर्जना पाण्ड्ये (१ घन्टा ३० मिनेट ५७ सेकेन्ड), भारतकी आशा टीपी (१ घन्टा ३४ मिनेट ०१) र सिन्धुलीकी मन्जु सुनुवार (१ घन्टा ५१ मिनेट ४८) क्रमशः चौथोदेखि छैटौं स्थानमा विजयी भए । मन्जुले गत वर्ष कलेज रनमा तेस्रो स्थान हासिल गरेकी थिइन् ।
ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा ‘लेट्स रन फर ग्रिनर टुमारो’ थियो । आयोजक कान्तिपुर पब्लिकेशन्स लिमिटेडको थापाथलीस्थित कार्यालय सेन्ट्रल बिजनेस पार्क परिसरबाट हाफ म्याराथन सुरु भएको थियो । प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
५ किमि कर्पोरेट तथा सेलेब रनमा पुरुषतर्फ विकेश घिमिरे १८ मिनेट ३८ सेकेन्डबाट पहिलो भए । उनले गत वर्ष पनि कर्पोरेट रन जितेका थिए रेवत दाहाल (१९ मिनेट १६ सेकेन्ड) दोस्रो र शेरबहादुर थारु (१९ मिनेट २२ सेकेन्ड) तेस्रो भए ।
महिलातर्फ ऐश्वर्यले यामीकुमारी झाँक्रीमगर र रजनी राईलाई पछाडि पारिन् । यामी दोस्रो र रजनी तेस्रो भए । गत वर्ष पनि यामी र रजनीले सोही स्थान हासिल गरेका थिए । यामी पाँचपटककी विजेता हुन् । ह्विलचेयर रेस विजेताले ३५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ जितेका थिए ।
नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको कान्तिपुर हाफ म्याराथनको प्रमुख प्रायोजक ग्लोबल आईएमई बैंक, सेलिब्रेसन पार्टनर केएफसी एन्ड पिज्जा हर्ट, पेन रिलिफ पार्टनर झन्डु वाम, फुड पार्टनर नेपाल खाद्य तथा क्लाइमेट जस्टिस पार्टनरमा सेभ द चिल्ड्रेन, एयरलाइन्स पार्टनरमा श्री एयरलाइन्स, स्पोर्ट्स वेयर पार्टनरमा केल्मी रहेका थिए ।
![Winners of 13th Kantipur Half Marathon [Pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/marathaons-new-29-3152025082104-1000x0.jpg&w=1001&h=0)
![Winners of 13th Kantipur Half Marathon [Pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/winnerkmghalfmarathon202505313210-3152025082627-1000x0.jpg&w=1001&h=0)
![Winners of 13th Kantipur Half Marathon [Pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/winnerkmghalfmarathon202505313209-3152025082622-1000x0.jpg&w=1001&h=0)
![Winners of 13th Kantipur Half Marathon [Pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/winnerkmghalfmarathon202505313208-3152025082617-1000x0.jpg&w=1001&h=0)
![Winners of 13th Kantipur Half Marathon [Pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/winnerkmghalfmarathon202505313207-3152025082611-1000x0.jpg&w=1001&h=0)
![Winners of 13th Kantipur Half Marathon [Pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/winnerkmghalfmarathon202505313206-3152025082606-1000x0.jpg&w=1001&h=0)
![Winners of 13th Kantipur Half Marathon [Pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/winnerkmghalfmarathon202505313204-3152025082555-1000x0.jpg&w=1001&h=0)
![Winners of 13th Kantipur Half Marathon [Pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/winnerkmghalfmarathon202505313201-3152025082540-1000x0.jpg&w=1001&h=0)
![Winners of 13th Kantipur Half Marathon [Pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/winnerkmghalfmarathon202505313198-3152025082523-1000x0.jpg&w=1001&h=0)
![Winners of 13th Kantipur Half Marathon [Pictures]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/winnerkmghalfmarathon202505313197-3152025082518-1000x0.jpg&w=1001&h=0)