काठमाडौँ — राजसंस्था पुनर्स्थापनाका लागि भन्दै राजतन्त्र समर्थकहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौंका विभिन्न ठाउँबाट आएको जुलुस शान्तिवाटिकामा भेला हुने क्रम जारी छ ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, राप्रपा नेपालका अध्यक्ष कमल थापा, प्रकाशचन्द्र लोहनी, केशरबहादुर विष्ट लगायतले विभिन्न ठाउँबाट निस्किएको जुलुसको नेतृत्व गरेका छन् । प्रदर्शनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।
![Supporters of monarchy gather at Shantiwatika [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/4948175119259899662515028557372720501408194n-2952025111916-1000x0.jpg&w=1001&h=0)
![Supporters of monarchy gather at Shantiwatika [Photos]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2018/default/ekantipur-default-2025.png)