काठमाडौँ — विवाहित महिलाले मात्र मनाउने वट सावित्री पर्व सोमबार मनाइएको छ। जेठ अमावस्याको दिन मनाइने यो पर्वमा महिलाले प्रकृति पूजाकोरुपमा वट (वर) को वृक्षलाई पूजा गर्छन् । मिथिलाञ्चलमा हर्षोल्लासका मनाइने यो पर्व पछिल्लो समय काठमाडौँ लगायत देशका अन्य शहरहरूमा समेत मनाउने चलन छ।
![Celebrated Vat Savitri Festival [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/vrat-savitri-puja202505261141-2652025115601-1000x0.jpg&w=1001&h=0)