काठमाडौँ — जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सम्झनामा काठमाडौंको माइतीघरमा जातीय हिंसाविरुद्ध प्रदर्शन गरिएको छ । दलितका लागि दलित अभियान नेपालले शनिबार विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेको हो ।
रुकुमको सोतीमा नवराजसहित २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाहीको हत्या भएको थियो । घटनामा २३ जना प्रतिवादीले जन्मकैद सजाय भुक्तान गरिरहेका छन् ।
![Demonstration against caste violence commemorating Soti massacre [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dalitprotestatmaitighrmandala202505243090-2452025120939-1000x0.jpg&w=1001&h=0)
![Demonstration against caste violence commemorating Soti massacre [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dalitprotestatmaitighrmandala202505243088-2452025120907-1000x0.jpg&w=1001&h=0)