We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Planting of marsi paddy has started in Chumchaur, which is known as Jiulo, the highest place in the world for growing marsi paddy. Agricultural Development Office Jumla has organized Paddy Day and formally started the planting of Marsi paddy in Chumchaur Jiulo. Planting has been done in three fields of Chumchaur Jiulo located in Patarasi rural municipality 3.
पछिल्लो समयमा मार्सी खेती सुरु हुने समयमा सबै यार्सा टिप्न पाटनतिर जाने भएकोले जिउलोमा रोपाइँ गर्न छोडिएको थियो । जसले गर्दा मार्सी धानको पहिचान बचाउन गाह्रो थियो ।
रोपेको धानमा रोग लाग्ने, असिना र वर्षातका कारण भित्र्याउने समयमा दाना झार्नेदेखि धानभित्रको चामल टुक्रा टुक्रा हुने समस्या देखिएकाले किसानहरुमा मार्सीप्रतिको चासो कम हुने गरेको छ ।
लामो समयदेखि किसानहरूले खेतहरू बाँझै राख्दै आएकोमा यो महोत्सवले किसानलाई हौसला दिने भएको छ । पातारासी गाउँपालिका–३ छुमचौरकी ललिता बोहोराले छुमचौरमा रोपिने मार्सी धानको पहिचान आफैमा महत्त्वपूर्ण भएको बताइन् । तर मरुवा रोगका कारण सधैँ उत्पादन कम हुने भएकोले किसानहरूको जोस हराउँदै गएको हो । ‘संसारको उच्च स्थानमा फल्ने मार्सी धान जिउलो छुमचौर भनेर सामान्य ज्ञानहरूमा समेटिएको छ । तर बर्सेनि खेतहरू बाँझो हुँदै जाँदा किसानहरू मार्सी धानको खेती छोड्न थालेका छन् । यो राम्रो भएन ।’ उनले भनिन् ।
छुमचौर जिउलोमा पछिल्लो समयमा न्यूनतम २० देखि ३० खेतमा मार्सी धानको रोपाइँ हुने गरेको छ । मार्सी धानको उत्पादनका लागि निरोगी मार्सी धानको बिउ उपलब्ध हुनुपर्ने, व्यावसायिक मार्सी धान खेतीको सुरुवातका लागि सरकारले बजेट व्यवस्थापन गर्नुपर्ने किसानहरूको माग छ । मार्सी धानको खेतीबाट उत्पादन राम्रो नभएपछि किसानहरू यो समयमा हरेक वर्ष यार्सा संकलन गर्न पाटनतिर जाने गरेका छन् ।
समुन्द्री सतहदेखि २ हजार ८ सय ५० मिटर उचाइमा रहेको प्रख्यात छुमचौर जिउलोमा मार्सी धान लहलहाउने गरेर योजना बनाउनसमेत किसानहरूले जिल्ला स्थिति सरोकारवालाहरूको ध्यानाकर्षण समेत गराएका छन्।
‘मार्सी धानको माग पनि अत्यधिक छ । मूल्य पनि उच्च नै छ,' कृषि कार्यालय जुम्लाका प्रमुख अधिकारीले भने, ‘किसानले गुणस्तरीय मार्सी धान उत्पादन गर्नुपर्ने देखिन्छ । यसले गरिबी निवारणमा योगदान पक्कै पुर्याउने छ ।’
पातारासी गाउँपालिका–३ का वडा अध्यक्ष गोविन्द बुढाका अनुसार गाउँपालिकाले मार्सी धानको खेती सुरु गर्न डीपीआरसमेत बनाएको छ । भूमि व्यवस्था आयोगका विज्ञ सदस्य सुमन आचार्यले छुमचौर जिउलो आफैमा मार्सी धानको पहिचान बोकेको अमूल्य स्थान भएको बताए । उनले भने, ‘मार्सी धानको खेतीमा किसानको ध्यान केन्द्रित गर्न सरकारी कार्यक्रमहरू ल्याउनुको विकल्प छैन । उनले धानको पहिचान र महत्त्वका आधारमा धान संरक्षित क्षेत्रका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । मार्सी धानको मूल्य र महत्त्व दुवै छ तर हामीले थाहा पाइरहेका छैनौँ ।’
पातारासी–३ की बाटुल्ली बोहोराले छुमचौर जिउलोलाई मार्सी धानको पकेट क्षेत्रका रूपमा स्थापित गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘सबै यार्सा टिप्न पाटन जान लागे । असिनाले भित्र्याउन लागेको धान सखाप पार्न लाग्यो । रोप्नेरी र हली समेत पाइने अवस्था छैन । धान रोगले ग्रसित छ ,' उनले भनिन्, ‘निरोगी मार्सी धान र मार्सी धानप्रति स्थानीयको चासो अहिलेको अपरिहार्य हो ।’ पहिले पूरै जिउलोमा धान पाकिरहँदा निकै रमाइलो हुने गरेको स्मरण समेत उनले गरिन् । 'यहीँको धान कतिपटक त काठमाडौंसम्म पुर्यायौँ,' उनले भनिन्, ‘अहिले दसैंतिहारमा टीका लगाउने चामलसमेत पाउन कठिन छ ।’
![Chumchaur Mari Planting [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img6900-2052025060012-1000x0.jpg&w=1001&h=0)
![Chumchaur Mari Planting [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img6957-2052025060104-1000x0.jpg&w=1001&h=0)
![Chumchaur Mari Planting [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img6933-2052025060050-1000x0.jpg&w=1001&h=0)
![Chumchaur Mari Planting [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img6932-2052025060045-1000x0.jpg&w=1001&h=0)
![Chumchaur Mari Planting [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img6928-2052025060041-1000x0.jpg&w=1001&h=0)
![Chumchaur Mari Planting [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img6922-2052025060036-1000x0.jpg&w=1001&h=0)
![Chumchaur Mari Planting [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img6921-2052025060031-1000x0.jpg&w=1001&h=0)
![Chumchaur Mari Planting [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img6911-2052025060026-1000x0.jpg&w=1001&h=0)
![Chumchaur Mari Planting [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img6906-2052025060021-1000x0.jpg&w=1001&h=0)