काठमाडौँ — सगरमाथा संवाद २०२५ को अन्तिम दिन आइतबार बिहान २४ जना विदेशीसहित नेपाली विज्ञहरूको टोलीले माउण्टेन फ्लाइटमार्फत् सर्वोच्च शिखर सगरमाथासहित हिमालको अवलोकन गरेको छ।
जलवायु परिवर्तनका कारण हिमालमा परेको असरको प्रत्यक्ष अवलोकन गराउने उद्देश्यले वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीको नेतृत्वमा उक्त माउण्टेन फ्लाइट भएको थियो। फ्लाइटपछि विज्ञहरूले विगतमा सेताम्मे देखिने गरेका हिमालहरू अहिले काला पहाडकारुपमा देखिएका बताएका छन्।
हिमालहरूको अवलोकनपछि वनमन्त्री शाहीले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमालमा परेको देखिएको बताए। 'पहिले जता हेर्यो त्यतै सेता हिमाल देखिन्थे। तर अहिले काला पहाडहरू देखिन थालेका छन्। पहिले सेतै देखिने हिमालहरू अहिले काला पहाड बनेका छन्,' उनले भने, 'यो माउण्टेन फ्लाइटबाट जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमालमा परेको देखिएको छ। हामीले विदेशी विषय विज्ञहरू र पाहुनाहरूलाई पनि यो दृश्यावलोकन गराएका छौँ । उहाँहरूलाई पनि त्यसको अनुभूति भएको छ।'
!['White mountains have become black mountains' [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/mountainflightsagarmathasambadteam22-1852025074251-1000x0.jpg&w=1001&h=0)
!['White mountains have become black mountains' [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/mountainflightsagarmathasambadteam13-1852025074226-1000x0.jpg&w=1001&h=0)
!['White mountains have become black mountains' [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/mountainflightsagarmathasambadteam20-1852025074246-1000x0.jpg&w=1001&h=0)