फिदिममा साकेलाको रौनक [फोटोफिचर]

जेष्ठ ३, २०८२

लक्ष्मी गौतम

The splendor of Sakela in Phidim [PhotoFeature]

पाँचथर — जिल्ला समन्वय समिति पाँचथरको खुला मञ्च शनिबार बिहानैदेखि झकिझकाउ थियो । मौलिक पोसाक लगाएर डालो, थुन्से, डोको, नाम्लो, बरियो, ठेकी, हलो, जुवा, जोतारो, घुम, कोल, ढुंग्रोसहितका कृषि औजार बोकेर आएका कलाकारहरुको उपस्थितिसँगै भेला हुन थालेका स्थानीयले मध्याह्नपछि फरक-फरक स्वादका साकेला नृत्यको दृश्यावलोकन गरे ।

The splendor of Sakela in Phidim [PhotoFeature]

प्रकृति पुजक भनेर चिनिएका किराँत राई समुदायको सामाजिक संस्था किराँत राई यायोक्खाले उभौली पर्वका अवसरमा साकेला नृत्य प्रतियोगिता आयोजना गरेको थियो ।

The splendor of Sakela in Phidim [PhotoFeature]
The splendor of Sakela in Phidim [PhotoFeature]

वैशाख पूर्णिमाका दिन सुरु भएको उभौली पर्वका अवसरमा सप्ताहव्यायी कार्यक्रम आयोजना गरेको यायोक्खाले शनिबार आयोजना गरेको प्रतियोगितामा फिदिमको नाम्दाबा साकेला समूहसहित तुम्बेवा साकेला समूह र फालेलुङ-६ को साकेला समूह सहभागी थिए । तीनवटै समूहले ढोल बजाएर सिली गाउँदै साकेला नृत्य प्रस्तुत गर्दा भेला भएका सयौं दर्शक मन्त्रमुग्ध देखिन्थे ।कार्यक्रममा भेला भएका कलाकारले धान, मकै र कोदो जस्ता अन्नको बीऊ राख्ने, रोप्ने गोडमेल गर्नेदेखि उधौली पर्वमा त्यही अन्न चढाएर उपभोग गर्नसम्मका प्रक्रियालाई प्रस्तुत गरेका थिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully