We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
899 species of birds have been recorded in Nepal. Out of which, 325 species of birds are found in Gulmi alone, according to the study of Nepal Bird Conservation Association.
जिल्लाको मदाने वन क्षेत्रमा २८९ र रेसुंगा वन क्षेत्रमा २६७ प्रजातिका चरा फेला परेको संघका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए ।
वर्षको दुईपटक मंसिर र चैतमा गरिने अध्ययनका क्रममा नयाँ प्रजातिका चरासमेत फेला पर्ने गरेका छन् । हालै मात्र रेसुंगा वनमा विश्वकै दुर्लभ चिर कालिज ठूलो संख्यामा फेला परेका छन् । दुर्लभ डंगर गिद्धले समेत रेसुंगा वन क्षेत्रका ४ स्थानमा गुँड बनाएर बच्चा कोरलेको अध्ययनले देखाएको छ । नेपालमा पाइने चरामध्ये ३६ प्रतिशत गुल्मीमा पाइन्छन् । जसमा नेपालमा मात्रै पाइने काँडे भ्याकुरदेखि चिर कालिज, सुन गिद्ध, डंगर गिद्ध, सेतो गिद्ध, रणमत्त महाचिल, गोमायु महाचिल, कोइली, लोभीपापी गरुड, च्याखुरा, मुनाल, लाटोकोसेरो र तित्रा लागयतका थुप्रै चरा रहेका छन् ।
मदाने तथा रेसुंगा वन संरक्षण क्षेत्र चरा तथा जैविक विविधताका लागि महत्वपूर्ण स्थान हो । यही कारण चरा प्रजाति बढ्दै गएको विज्ञहरू बताउँछन् । नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये ६ प्रजातिका रेसुंगा वन क्षेत्रमा पाइन्छन् । प्रकृतिको कुचीकार मानिने गिद्ध पछिल्लो समय रेसुंगा वन क्षेत्रमा ठूलो संख्यामा फेला परेका हुन् । अध्ययन संस्थाका परियोजना अधिकृत भट्टराईले चरा अध्ययनमा ३ देखि ५ जनाको समूह १० दिनसम्म खटिने बताए । हाल संघले डिभिजन वन कार्यालय गुल्मीसँग समन्वय गरेर चराको संरक्षणका लागि थप काम गरिरहेको छ ।
रेसुंगा संरक्षित वन १९ हजार २ सय ८१ हेक्टर र मदाने संरक्षित वन १३ हजार ७ सय ६१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । गुल्मीको रेसुंगालाई २०७३ र मदानेलाई २०७५ मा सरकारले संरक्षित वन घोषणा गरेको थियो । त्यसपछि नेपाल पंक्षी संरक्षण संघले लगातार चराको अध्ययन तथा अनुसन्धान गरिरहेको छ । त्यस यता चराहरूको प्रजाति पनि बढ्दै गइरहेका छन् । वातावरणको पारिस्थितिक प्रणाली संचालनका लागि चराको महत्व धेरै रहेको भट्टराई बताउँछन् । सामुदायिक वनका पदाधिकारीले पनि चराहरूको अध्ययनमा सहयोग गरिरहेका छन् ।चरा संरक्षणका लागि सामुदायिक वनसँग वन व्यवस्थापन, वृक्षरोपण, सचेतना र पोखरी निर्माण निर्माणका कामहरु भएका छन् ।
![325 species of birds in Gulmi alone [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bird-1752025111953-1000x0.jpg&w=1001&h=0)
![325 species of birds in Gulmi alone [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000083503-1752025112025-1000x0.jpg&w=1001&h=0)
![325 species of birds in Gulmi alone [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000083509-1752025112101-1000x0.jpg&w=1001&h=0)
![325 species of birds in Gulmi alone [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000083506-1752025112043-1000x0.jpg&w=1001&h=0)
![325 species of birds in Gulmi alone [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000083504-1752025112032-1000x0.jpg&w=1001&h=0)