स्वयम्भूनाथमा मनाइयो बुद्धजयन्ती [तस्बिरहरु]

वैशाख २९, २०८२

दीपक केसी

Buddha Jayanti celebrated at Swayambhunath [Photos]

काठमाडौँ — विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथमा आइतबार बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणले धुमधामकासाथ बुद्धजयन्ती मनाएका छन् । बुद्धजयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना गरिएको छ ।

Buddha Jayanti celebrated at Swayambhunath [Photos]

स्वयम्भू क्षेत्रमा आज नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौर्ध धर्मगुरु, भीक्षु, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न देशबाट आएका विशिष्ट पाहुनालगायतले पूजाअर्चना गर्ने कार्यक्रम छ । स्वयम्भूनाथ परिसरभित्रै रहेको आनन्दकुटी विहारमा बुद्धको अस्तुधातु पूजाआजा र दर्शनका लागि राखिएको छ । बुद्धको अस्तुधातु बुद्धजयन्तीका दिन मात्रै सर्वसाधारणको दर्शनका लागि राखिँदै आइएको छ ।

Buddha Jayanti celebrated at Swayambhunath [Photos]

बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूप, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदैछ ।

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully