तस्बिर खिच्ने फोटोपत्रकारमाथि दुर्व्यवहार
काठमाडौँ — ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा धर्ना दिन गएका युवामाथि प्रहरीले लाठीचार्ज गरेको छ । ईपीएसको भाषा परीक्षा पास गरिसकेको १८ महिना बित्दा पनि कोरिया जान नपाएको भन्दै धर्नामा बसेका युवालाई प्रहरीले लाठीचार्ज गरेको हो ।
प्रहरीले धर्नामा बसेका २ युवालाई समेत नियन्त्रणमा लिएको छ । साथै धर्नामा बसेका युवालाई लाठी हानेको तस्बिर खिचेको भन्दै प्रहरीले पत्रकारमाथि समेत दुर्व्यवहार गरेको छ । कान्तिपुरका फोटोपत्रकार अंगद ढकाल र अनलाइनखबरका फोटोपत्रकार आर्यन धिमालमाथि प्रहरीले दुर्व्यवहार गरेको हो ।
प्रदर्शनका क्रममा सडक नै बन्द गरेपछि लाठीचार्ज गर्नु परेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक श्याम अधिकारीले दाबी गरे । ‘५०/६० जनाको समूहले बाटो नै बन्द गरेर हामीले बाटो सञ्चालन गराउन लाठीचार्ज गरेका हौं,’ अधिकारीले भने,‘ बाटो अवरोध नगरी माग राख्नुभन्दा नमानेपछि बल प्रयोग गर्नु परेको हो । ’
![Police baton-charge youths sitting on dharna at EPS branch [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/eps-protest-9-0552025112708-1000x0.jpg&w=1001&h=0)
![Police baton-charge youths sitting on dharna at EPS branch [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/eps-protest-4-0552025112802-1000x0.jpg&w=1001&h=0)
![Police baton-charge youths sitting on dharna at EPS branch [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/eps-protest-3-0552025112757-1000x0.jpg&w=1001&h=0)